By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : रौतहट सीमामा खुलेआम तस्करी, सुरक्षा निकायमाथि उठ्यो गम्भीर प्रश्न
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधसमाचारसमाजहेडलाईन

रौतहट सीमामा खुलेआम तस्करी, सुरक्षा निकायमाथि उठ्यो गम्भीर प्रश्न

समाचार अभियान
समाचार अभियान २०८३, १३ जेष्ठ बुधबार १०:२२ पाठक संख्या 184
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

रौतहट ।जेठ १३ । भारतसँग जोडिएका रौतहटका विभिन्न सीमावर्ती नाकाबाट दैनिक रूपमा भइरहेको अवैध तस्करीले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । गौर, बंकुल, लक्ष्मीपुर–बेलबिछवा, रामपुरखाप लगायतका नाकाबाट चिनी, कपडा, मोटरपार्ट्स, सुर्तीजन्य सामग्री, कुखुरा, मदिरा तथा भैंसीजस्ता सामान खुलेआम नेपाल भित्रिरहेको स्थानीयवासीले बताएका छन् ।

सीमामा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायको उपस्थिति हुँदाहुँदै पनि तस्करी नियन्त्रण हुन नसक्नुले स्थानीय तहदेखि सर्वसाधारणसम्म आक्रोश बढेको छ । स्थानीयका अनुसार केही संगठित तस्कर समूहले सीमाक्षेत्रमा “लाइन” सञ्चालन गर्दै अवैध सामान सहज रूपमा नेपाल भित्र्याइरहेका छन् ।

स्थानीय स्रोतका अनुसार भारतबाट भित्राइएका अवैध सामान गरुडा र चन्द्रनिगाहपुर हुँदै देशका विभिन्न जिल्लासम्म पुर्‍याइने गरिएको छ । रातिको समयमा मात्र नभई दिउँसै समेत मोटरसाइकल, टेम्पो र साना मालवाहक सवारी प्रयोग गरेर सामान ओसारपसार भइरहेको आरोप छ ।

सीमावर्ती क्षेत्रका बासिन्दाले सुरक्षा निकायको मिलेमतोबिनै यति ठूलो परिमाणमा तस्करी सम्भव नहुने दाबी गरेका छन् । “सुरक्षाकर्मीको आँखा अगाडि नै सामान वारपार भइरहेको छ, तर नियन्त्रण भएको देखिँदैन,” एक स्थानीयले भने, “यदि सुरक्षा निकाय नै मौन बस्ने हो भने कानुन कसका लागि लागू हुन्छ ?”तस्करीका कारण राज्यले दैनिक लाखौं रुपैयाँ राजस्व गुमाइरहेको अनुमान गरिएको छ । वैध रूपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरू समेत अवैध सामानका कारण मारमा परेको गुनासो गर्छन् । सस्तो मूल्यमा तस्करीका सामान बजारमा पुग्दा कानुनी रूपमा कर तिरेर व्यापार गर्ने व्यवसायी प्रतिस्पर्धामा कमजोर बन्दै गएको उनीहरूको भनाइ छ ।

स्थानीय नागरिक तथा सरोकारवालाहरूले सीमाक्षेत्रमा प्रभावकारी अनुगमन, सुरक्षा निकायमाथि निष्पक्ष छानबिन तथा तस्करी नियन्त्रणका लागि कडा कारबाहीको माग गरेका छन् । उनीहरूले सीमामा हुने अवैध गतिविधि रोक्न राज्यले विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

यता सुरक्षा निकायले भने तस्करी नियन्त्रणका लागि नियमित गस्ती र निगरानी जारी रहेको दाबी गर्दै आएको छ । तर सीमावर्ती क्षेत्रमा तस्करी नरोकिएको अवस्थाले सरकारी दाबीमाथि नै प्रश्न चिन्ह खडा गरेको छ ।

समाचार अभियान May 27, 2026 २०८३, १३ जेष्ठ बुधबार १०:२२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?