By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : प्रादेशिक अस्पताल जनकपुरधाममा पेनडाउन जारी, बिरामी सेवा अस्तव्यस्त
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

प्रादेशिक अस्पताल जनकपुरधाममा पेनडाउन जारी, बिरामी सेवा अस्तव्यस्त

समाचार अभियान
समाचार अभियान २०८३, १२ जेष्ठ मंगलवार १५:०३ पाठक संख्या 275
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम जेठ १२ ।रानी कुमारी गुप्ता । प्रादेशिक अस्पताल जनकपुरधाम मा चिकित्सकहरूको पेनडाउन आन्दोलन जारी रहँदा उपचार सेवा प्रभावित बनेको छ । अस्पतालको ओपिडी तथा विभिन्न वार्डको सेवा अवरुद्ध हुँदा दैनिक सयौँ बिरामी समस्यामा परेका छन् ।

एक सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएपछि घटनामा संलग्न चिकित्सकलाई कारबाही गर्न माग गर्दै मृतक पक्ष र केही युवाले अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । त्यसपछि सुरक्षाको अभाव र चिकित्सकमाथि दबाब बढेको भन्दै चिकित्सक तथा कर्मचारीहरू पेनडाउनमा उत्रिएका हुन् । आन्दोलन लगातार तेस्रो दिनसम्म पुग्दा अस्पतालको नियमित सेवा अस्तव्यस्त बनेको छ ।

अस्पताल प्रशासनले घटनापछि शल्यक्रियामा संलग्न दुई चिकित्सकलाई निलम्बन गरेको थियो । तर चिकित्सक संघले उपचारको क्रममा हुने जटिल घटनामा तत्काल निलम्बन गर्नु गलत भएको भन्दै विरोध जनाएको छ । संघले कुनै पनि घटनाको निष्पक्ष छानबिन विशेषज्ञ टोलीबाट हुनुपर्ने माग राखेको छ ।

पेनडाउनका कारण विशेषगरी ओपिडी सेवा बढी प्रभावित भएको छ । उपचारका लागि बिहानैदेखि लाइनमा बसेका धेरै बिरामी उपचार नपाई फर्किन बाध्य भएका छन् । कतिपय बिरामी निजी अस्पताल तथा क्लिनिकतर्फ जान थालेपछि उनीहरूलाई अतिरिक्त आर्थिक भार परेको छ ।

अस्पतालमा सीमित चिकित्सकले मात्रै आकस्मिक सेवा सञ्चालन गरिरहेका छन् । तर बिरामीको चाप अत्यधिक भएकाले सेवा व्यवस्थापन कठिन बनेको अस्पताल स्रोतले जनाएको छ । लामो समयसम्म उपचार नपाउँदा बिरामी र आफन्तमा आक्रोश बढ्दो छ ।
पेनडाउनमा सहभागी चिकित्सकहरूले हरेक उपचारजन्य जटिलतालाई चिकित्सकको लापरबाहीसँग जोडेर आन्दोलन गर्ने प्रवृत्तिले काम गर्ने वातावरण असुरक्षित बनेको बताएका छन् । उनीहरूले सुरक्षा सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

यता केही बिरामीका आफन्तले भने आन्दोलनको आडमा बिरामीलाई निजी अस्पताल पठाउने प्रयास भइरहेको आरोप लगाएका छन् । यद्यपि अस्पताल प्रशासनले चिकित्सकहरूको सुरक्षालाई ध्यानमा राख्दै परिस्थिति सामान्य बनाउन प्रयास भइरहेको जनाएको छ

दुवै पक्षबीच प्रारम्भिक सहमति भइसके पनि सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा अस्पतालको अवस्था तनावपूर्ण बनेको छ ।

समाचार अभियान May 26, 2026 २०८३, १२ जेष्ठ मंगलवार १५:०३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?