By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : कवहीको इटाहीं पोखरीस्थित हनुमान मन्दिरमा धर्मशाला भवन शिलान्यास
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

कवहीको इटाहीं पोखरीस्थित हनुमान मन्दिरमा धर्मशाला भवन शिलान्यास

समाचार अभियान
समाचार अभियान २०८३, १२ जेष्ठ मंगलवार ०७:५६ पाठक संख्या 354
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा, जेठ १२ । सुवर्ण गाउँपालिका वडा नं. २ स्थित कवही गाउँको गोठमा रहेको इटाहीं पोखरी परिसरभित्र अवस्थित श्री हनुमानजी मन्दिरको प्राङ्गणमा धर्मशाला भवनको शिलान्यास सम्पन्न गरिएको छ। गाउँपालिका प्रमुख राजेश प्रसाद यादव तथा उप-प्रमुख पुनम कुमारी यादव ले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो।

धार्मिक तथा सामाजिक महत्व बोकेको उक्त धर्मशाला निर्माण भएपछि मन्दिरमा आउने श्रद्धालु, साधुसन्त तथा विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुने भक्तजनलाई सहजता हुने अपेक्षा गरिएको छ। स्थानीयवासीका अनुसार इटाहीं पोखरी क्षेत्रमा रहेको श्री हनुमानजी मन्दिर प्राचीन धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित रहँदै आएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, स्थानीय अगुवा, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख यादवले धार्मिक सम्पदाको संरक्षणसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत गाउँपालिकाले प्राथमिकता दिएको बताउनुभयो। उहाँले धर्मशाला निर्माणले धार्मिक गतिविधि थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो।

उप-प्रमुख पुनम कुमारी यादवले धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षण स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै सामुदायिक सहकार्यबाट विकासका कामलाई अगाडि बढाइने बताउनुभयो।
स्थानीयवासीले धर्मशाला निर्माण कार्यले मन्दिर परिसरको सौन्दर्य बढ्नुका साथै बाहिरबाट आउने भक्तजनलाई बसोबास तथा विश्राममा सुविधा पुग्ने अपेक्षा गरेका छन्। निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य गाउँपालिकाले लिएको जनाएको छ।

समाचार अभियान May 26, 2026 २०८३, १२ जेष्ठ मंगलवार ०७:५६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?