By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : गलत मधेशमा सत्ता–समीकरणको खेलबाट संघीयता दुर्गन्धित बन्दै
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

गलत मधेशमा सत्ता–समीकरणको खेलबाट संघीयता दुर्गन्धित बन्दै

समाचार अभियान
समाचार अभियान २०८३, ११ जेष्ठ सोमबार ०७:२३ पाठक संख्या 309
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम ।जेठ ११ ।श्रीकान्त गुप्ता । मधेश प्रदेशमा सरकार गठन, सत्ता साझेदारी र भागबण्डाको राजनीतिक खेल तीव्र बन्दै जाँदा संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । प्रदेश सरकार गठनदेखि मन्त्री चयनसम्म दलहरूबीच हुने निरन्तरको खिचातानीले जनतामा संघीयता प्रति निराशा बढ्दै गएको छ ।

प्रदेशमा सत्ता परिवर्तनको श्रृंखला बारम्बार दोहोरिँदा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका मुद्दा ओझेलमा परेका छन् । सत्ता टिकाउने र गिराउने खेलमै केन्द्रित भएका दलहरू जनताको आधारभूत आवश्यकता भन्दा पद बाँडफाँडमा बढी सक्रिय देखिएको आरोप लाग्न थालेको छ ।

मधेश प्रदेशमा सरकार परिवर्तनसँगै मन्त्रीहरूको संख्या बढाउने, राजनीतिक भागबण्डाका आधारमा मन्त्रालय बाँड्ने र अनावश्यक राजनीतिक नियुक्ति गर्ने प्रवृत्तिले प्रदेशको आर्थिक भार समेत बढाएको छ । प्रदेश सरकार सञ्चालनका नाममा करोडौँ रुपैयाँ खर्च भइरहे पनि जनताले अपेक्षित सेवा सुविधा पाउन नसकेको गुनासो व्यापक छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार संघीयताको मूल उद्देश्य स्थानीय आवश्यकता अनुसार शासन व्यवस्था सञ्चालन गरी जनतालाई सहज सेवा दिनु भए पनि मधेश प्रदेशमा त्यसको विपरीत सत्ता केन्द्रित राजनीति मौलाउँदै गएको छ ।

मुख्यमन्त्री बन्ने दौड, मन्त्री पदको भागबण्डा र दलगत स्वार्थका कारण संघीयताको अवधारणामाथि नै नकारात्मक प्रभाव परेको उहाँहरूको भनाइ छ ।

सामान्य नागरिकहरू भने जनताको करबाट उठेको रकम राजनीतिक नेतृत्वको सुविधा र मौजमस्तीमा खर्च भइरहेको भन्दै आक्रोशित छन् । प्रदेशसभा बैठक, सरकारी भ्रमण, गाडी सुविधा तथा राजनीतिक नियुक्तिमा ठूलो बजेट खर्च हुँदा पनि गाउँ–बस्तीमा सडक, स्वास्थ्य चौकी, खानेपानी र सिंचाइ जस्ता आधारभूत समस्या यथावत् रहेको स्थानीयको भनाइ छ ।
पछिल्लो समय सरकार गठन र विश्वासको मतका लागि दलहरूबीच भइरहेको बार्गेनिङले प्रदेश राजनीतिलाई थप अस्थिर बनाएको छ । सत्ता समीकरण फेरिने हल्लाले कर्मचारी प्रशासनदेखि विकास आयोजनासम्म प्रभावित बनेका छन् ।दलहरुले राजनीति पदको खिचातानीले संघियता दुर्गन्धित बनेका छन । तर नेताहरुमा नैतिक नभएको जनतालाई झुक्याएर गलत सता समीकरण चकाउदै आएको छ । फेरि मधेसमा स्थिर सरकारको लागि भ्यानक आन्दोलनको आवस्यकता रहेको छ ।

संघीयता कार्यान्वयनको करिब एक दशक पुग्न लाग्दा पनि मधेश प्रदेशमा स्थायी नीति र विकासभन्दा सत्ता केन्द्रित राजनीति हाबी हुनु दुःखद भएको नागरिक समाजका अगुवाहरू बताउँछन् । उहाँहरूले संघीयतालाई बदनाम हुनबाट जोगाउन राजनीतिक दलहरू जिम्मेवार र जनमुखी बन्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

समाचार अभियान May 25, 2026 २०८३, ११ जेष्ठ सोमबार ०७:२३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?