By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : क्यान्सर उपचारका औषधि अभावबारे विभाग चिन्तित, दैनिक विवरण पेश गर्न आग्रह
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

क्यान्सर उपचारका औषधि अभावबारे विभाग चिन्तित, दैनिक विवरण पेश गर्न आग्रह

समाचार अभियान
समाचार अभियान २०८३, १० जेष्ठ आईतवार ११:३३ पाठक संख्या 82
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौं ।जेठ १० । बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा सलाइनको उपलब्धतासम्बन्धी समस्या देखिन थालेपछि औषधि व्यवस्था विभाग ले सम्बन्धित पक्षलाई दैनिक विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

विभागले अत्यावश्यक औषधिको आपूर्ति तथा मौज्दात अवस्थामाथि निरन्तर निगरानी गरिरहेको जनाएको छ ।
विभागले सार्वजनिक गरेको सूचनाअनुसार प्लाटिनम समूहका क्यान्सर उपचारमा प्रयोग हुने औषधि, सलाइन लगायत अत्यावश्यक औषधिको बजार उपलब्धतामा चुनौती देखिएपछि त्यसको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको हो । विभागले औषधिको अभाव हुन नदिन उत्पादक, आयातकर्ता, अस्पताल तथा सरोकारवाला निकायसँग समन्वय गरी पर्याप्त आपूर्ति सुनिश्चित गर्ने प्रयास भइरहेको उल्लेख गरेको छ ।

हाल बजारमा केही औषधिको आपूर्ति असहज भएको गुनासो आएपछि विभागले वास्तविक अवस्था बुझ्न दैनिक विवरण संकलन प्रक्रिया सुरु गरेको जनाएको छ । विभागका अनुसार सम्बन्धित उत्पादक, आयातकर्ता तथा अस्पतालहरूले हरेक दिन बिहान १० बजेदेखि ११ बजेसम्म औषधिको मौज्दात, वितरण अवस्था, आयातको स्थिति तथा आगामी आपूर्तिसम्बन्धी यथार्थ विवरण उपलब्ध गराउनुपर्नेछ ।

सूचनामा अत्यावश्यक औषधिको नियमित आपूर्ति कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ । विभागले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन तथा बिरामीले उपचारमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले अनुगमनलाई थप प्रभावकारी बनाइएको जनाएको छ ।

क्यान्सरजस्ता जटिल रोगको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि अत्यन्त संवेदनशील र जीवनरक्षक मानिन्छन् । यस्ता औषधिको आपूर्तिमा समस्या आउँदा बिरामीको उपचारमा असर पर्न सक्ने भएकाले विभागले यसलाई गम्भीर रूपमा लिएको जनाएको छ ।

विभागले सम्पर्क तथा समन्वयका लागि सूचना अधिकारी किरण सुन्दर बज्राचार्य तथा नेपाल औषधि आयातकर्ता संघ का अध्यक्ष पवन आचार्यलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ । आवश्यक जानकारी तथा विवरण उनीहरूमार्फत उपलब्ध गराउन विभागले आग्रह गरेको छ ।

स्वास्थ्य क्षेत्रका जानकारहरूले अत्यावश्यक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न सरकार, निजी क्षेत्र र अस्पतालबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् । बजारमा औषधि अभावको अवस्था दोहोरिन नदिन दीर्घकालीन योजना आवश्यक रहेको उनीहरूको भनाइ छ ।

समाचार अभियान May 24, 2026 २०८३, १० जेष्ठ आईतवार ११:३३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?