By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : १० महिनामै १ खर्ब ४५ अर्बको खानेतेल आयात, प्रशोधनपछि भारत निर्यात गर्दै नेपाल
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

१० महिनामै १ खर्ब ४५ अर्बको खानेतेल आयात, प्रशोधनपछि भारत निर्यात गर्दै नेपाल

समाचार अभियान
समाचार अभियान २०८३, १० जेष्ठ आईतवार १०:२८ पाठक संख्या 251
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौं ।जेठ १० । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालले १ खर्ब ४५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको खानेतेल तथा तेलजन्य वस्तु आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा ८७ करोड ३१ लाख लिटरभन्दा बढी तेल नेपाल भित्रिएको हो । यसबाट सरकारले १० अर्ब ४७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ खर्ब २० अर्ब ६७ करोड रुपैयाँ बराबरको तेल आयात भएको थियो । यस वर्ष तेल आयात झन्डै २५ अर्ब रुपैयाँले बढेको देखिएको छ । नेपालमा खानेतेल आयात अस्वाभाविक रूपमा बढ्नुको मुख्य कारण भने ‘रि–एक्सपोर्ट’ मोडल रहेको बताइएको छ । नेपाली उद्योगहरूले अर्जेन्टिना, ब्राजिललगायत तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी नेपालमा प्रशोधन गरेर भारततर्फ पुनः निर्यात गर्ने गरेका छन् ।

तथ्याङ्कअनुसार कुल आयातमध्ये भटमास (सोयाबिन) तेलको हिस्सा सबैभन्दा धेरै रहेको छ । १० महिनामा मात्रै १ खर्ब ६ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको भटमास तेल आयात भएको छ, जुन कुल आयातको झन्डै ७३ प्रतिशत हो । अर्जेन्टिनाबाट मात्रै ८१ अर्ब ७५ करोड रुपैयाँ बराबरको कच्चा भटमास तेल नेपाल भित्रिएको छ भने ब्राजिल दोस्रो ठूलो स्रोत बनेको छ ।
यसैगरी, १७ अर्ब ५७ करोड रुपैयाँ बराबरको सूर्यमुखी तेल आयात भएको छ । सूर्यमुखी तेलको प्रमुख स्रोत पनि अर्जेन्टिना नै रहेको छ भने दोस्रो ठूलो स्रोत युद्धग्रस्त युक्रेन बनेको छ । पाम आयल, पामोलिन र पाम स्टेरिन गरी १६ अर्ब ४२ करोड रुपैयाँ बराबरको पामजन्य तेल आयात भएको छ । पाम तेलका लागि नेपाल मुख्यतः इन्डोनेसिया र मलेसियामा निर्भर रहेको देखिएको छ ।

नेपालमा करिब दुई दर्जन तेल उद्योग सञ्चालनमा छन् । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत भारतमा न्यून भन्सार दरको सुविधा पाइने भएकाले नेपाली उद्योगहरूले कच्चा तेल प्रशोधन गरी भारतीय बजारमा निर्यात गर्दै आएका छन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालले प्रशोधित तेल निर्यात गरेर १ खर्ब १७ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी वैदेशिक मुद्रा आर्जन गरेको छ । कुल निर्यातमध्ये ९९ प्रतिशतभन्दा बढी हिस्सा भारतमा गएको छ । यस अवधिमा १ खर्ब १ अर्ब रुपैयाँभन्दा बढीको प्रशोधित भटमास तेल, ७ अर्ब ४१ करोड रुपैयाँको सूर्यमुखी तेल तथा ६ अर्ब ६१ करोड रुपैयाँ बराबरको पामजन्य तेल भारत निर्यात गरिएको तथ्याङ्कले देखाएको छ ।

समाचार अभियान May 24, 2026 २०८३, १० जेष्ठ आईतवार १०:२८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?