By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : हरि खेतान क्याम्पसलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको आरोप, नागरिक समाजद्वारा संरचना सुधारको माग
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

हरि खेतान क्याम्पसलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको आरोप, नागरिक समाजद्वारा संरचना सुधारको माग

समाचार अभियान
समाचार अभियान २०८३, १० जेष्ठ आईतवार ०८:१८ पाठक संख्या 121
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

वीरगञ्ज जेठ १० ।हरि खेतान बहुमुखी क्याम्पस लाई निजीकरण गर्न खोजिएको भन्दै भइरहेका गतिविधिप्रति क्याम्पस प्रशासन र नागरिक समाजले गम्भीर चिन्ता व्यक्त गरेका छन्। क्याम्पस प्रमुख किशोरी राय यादव ले विद्यार्थी भर्नाको समय पारेर निजी क्षेत्रका कलेज सञ्चालकहरूको प्रभावमा क्याम्पसलाई सुनियोजित रूपमा बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।

शनिबार जिल्ला समन्वय समिति पर्सा मा नागरिक समाजको अगुवाइमा आयोजित छलफल कार्यक्रममा बोल्दै यादवले हरि खेतान क्याम्पस सामुदायिक संस्थाकै रूपमा रहने स्पष्ट पारे। उनले क्याम्पसलाई शिक्षा माफियाको प्रभावबाट जोगाउन सबै सरोकारवालाले साझा रूपमा भूमिका खेल्नुपर्ने बताए।

बैठकमा पूर्व सांसद विचारी यादव, क्याम्पसका पूर्व प्रमुख डा. भगवान यादव, नेपाल बार एसोसिएसन का अध्यक्ष रामनारायण कुर्मी, जनता समाजवादी पार्टी नेपाल का अध्यक्ष रामनरेश यादव, नेकपा एमाले का नेता सुन्दर कुर्मी लगायतले क्याम्पसको वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए।

क्याम्पस प्रमुख यादवले पूर्व प्रशासनमाथि समेत प्रश्न उठाउँदै विगतमा सीमित समूहको प्रभावमा सञ्चालक समिति सञ्चालन गरिएको आरोप लगाए। उनले २०८० असोज १९ गते संशोधन गरिएको विधान पूर्व क्याम्पस प्रमुखकै कार्यकालमा ल्याइएको उल्लेख गर्दै त्यसबारे सार्वजनिक बहस गर्न आफू तयार रहेको बताए।

यादवका अनुसार क्याम्पसको संरचना सुधार गर्न सकिने भए पनि कुनै हालतमा निजीकरण स्वीकार्य नहुने बताए। उनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने कार्यलाई समेत विवादित बनाउने प्रयास भइरहेको दाबी गरे।

यसैबीच क्याम्पस सञ्चालक समितिका सदस्य प्रकाश खेतान ले शैक्षिक वातावरण सुधारका लागि वीरगञ्जका नागरिक एकजुट हुनुपर्ने बताए। उनले विगतमा भ्रष्टाचार र अनियमितताको आरोप खेपेका व्यक्तिहरूबाट नागरिक समाज सचेत रहनुपर्ने धारणा राखे।

उता, वैशाख ३१ गते क्याम्पस प्रमुख किशोरी राय यादवमाथि कालोमोसो दलेको घटनामा संलग्न रहेको आरोपमा दिलीप पण्डित र देवलाल ठाकुर प्रहरी हिरासतमा रहेका छन्। घटनामा संलग्न भनिएका रवीन्द्र यादव, विकी गुप्ता र लालकिशोर पटेल भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

समाचार अभियान May 24, 2026 २०८३, १० जेष्ठ आईतवार ०८:१८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?