By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : अदालतको सेवा प्रवाह सुधार्न सिरहा जिल्ला अदालतको अनुगमन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

अदालतको सेवा प्रवाह सुधार्न सिरहा जिल्ला अदालतको अनुगमन

समाचार अभियान
समाचार अभियान २०८३, १० जेष्ठ आईतवार ०८:१७ पाठक संख्या 196
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुर ।रानी कुमारी । मधेस प्रदेश सरकारका गृहमन्त्री फकिरा महतो सहितको उच्चस्तरीय टोलीले जिल्ला अदालत सिरहाको अनुगमन गरेको छ । अनुगमन कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीश, जिल्ला अदालत सिरहाका प्रमुख न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख लगायत सुरक्षा तथा प्रशासनिक निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा अदालतको सेवा प्रवाह, मुद्दा फर्छ्योटको अवस्था, सेवाग्राहीलाई प्रदान गरिने सुविधालगायत न्याय सम्पादनसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो । टोलीले अदालत परिसर, मुद्दा शाखा, हिरासत कक्ष तथा सेवाग्राही सहायता कक्षको समेत अवलोकन गरेको जनाएको छ ।

गृहमन्त्री महतोले न्याय सम्पादनलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले अदालत र सुरक्षा निकायबीचको समन्वयलाई थप सुदृढ बनाउँदै नागरिकले सहज रूपमा न्याय पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उच्च अदालतका मुख्य न्यायाधीशले अदालतमा देखिएका चुनौती, जनशक्ति अभाव तथा पूर्वाधार विकासका आवश्यकताबारे टोलीलाई जानकारी गराउनुभएको थियो । त्यस्तै जिल्ला अदालतका प्रमुख न्यायाधीशले पछिल्लो समय मुद्दाको चाप बढ्दै गएको उल्लेख गर्दै प्रभावकारी व्यवस्थापनका लागि आवश्यक स्रोतसाधनको आवश्यकता औँल्याउनुभयो ।

अनुगमन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखले जिल्लाको सुरक्षा अवस्था, अदालतसँगको समन्वय र कानुन कार्यान्वयनका विषयमा धारणा राखेका थिए । कार्यक्रममा सहभागीहरूले न्याय प्रणालीप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न सबै निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

समाचार अभियान May 24, 2026 २०८३, १० जेष्ठ आईतवार ०८:१७
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?