By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : वीरगञ्जमा डेरी उद्योगहरूको अनुगमन, गुणस्तर र सरसफाइमा जोड
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

वीरगञ्जमा डेरी उद्योगहरूको अनुगमन, गुणस्तर र सरसफाइमा जोड

समाचार अभियान
समाचार अभियान २०८३, ९ जेष्ठ शनिबार १०:३९ पाठक संख्या 98
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

पर्सा जेठ ९ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा दुग्धजन्य पदार्थको गुणस्तर तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै संयुक्त बजार अनुगमन गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त टोलीले महानगरपालिका–१५ लक्ष्मनवा स्थित डेरी फ्रेस उद्योग तथा वडा नं. १७ स्थित फ्रेस पूजा घ्यू प्रोडक्टमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा उद्योगहरूमा उत्पादन तथा बिक्री वितरण भइरहेका घ्यू लगायत दुग्धजन्य सामग्रीको गुणस्तर, सरसफाइ, लेबलिङ, उत्पादन प्रक्रिया तथा मापदण्डको अवस्थाबारे निरीक्षण गरिएको थियो। टोलीले उद्योग सञ्चालकहरूलाई आवश्यक खाद्य मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको जनाएको छ।

अनुगमनमा सहभागी एक सदस्यका अनुसार फ्रेस पूजा घ्यू प्रोडक्टमा निरीक्षण गर्दा कुनै विशेष त्रुटि फेला परेको छैन। बजारमा बिक्री भइरहेका खाद्य सामग्री गुणस्तरीय र सुरक्षित बनाइराख्न नियमित अनुगमन आवश्यक रहेको टोलीले जनाएको छ।

संयुक्त अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरीक्षण टोली संयोजक जगत प्रकाश चौधरी, सदस्य श्रवण कुमार साह, वाणिज्य कार्यालयका मधुरेश प्रसाद साह, उपभोक्ता प्रतिनिधि प्रकाश कुमार शाह, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सहसचिव एस.के. चौरसिया तथा पत्रकार बैजु झा लगायतको सहभागिता रहेको थियो।

फ्रेस पूजा घ्यू प्रोडक्टका सञ्चालक राजाबाबु चौरसियाले आफ्नो उद्योगबाट उत्पादित घ्यू विशेषगरी पूजा–पाठमा प्रयोग हुने तथा डेरी फ्रेस उद्योगबाट उत्पादित घ्यू खान योग्य, शुद्ध र गुणस्तरीय रहेको बताए।
निरीक्षण अधिकृत सुनिल चौरसियाका अनुसार उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइनेछ। साथै व्यवसायीहरूलाई खाद्य ऐन तथा नियमअनुसार उत्पादन र बिक्री वितरण गर्न आग्रह गरिएको छ ।

समाचार अभियान May 23, 2026 २०८३, ९ जेष्ठ शनिबार १०:३९
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?