By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मालपोत अब ‘भूमि प्रशासन कार्यालय’ — जग्गा सेवा स्थानीय तहबाटै प्रदान हुने
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

मालपोत अब ‘भूमि प्रशासन कार्यालय’ — जग्गा सेवा स्थानीय तहबाटै प्रदान हुने

समाचार अभियान
समाचार अभियान २०८३, २२ बैशाख मंगलवार २०:४० पाठक संख्या 211
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा ।बैशाख २२ । जग्गा प्रशासनसँग सम्बन्धित सेवा प्रवाहमा व्यापक परिवर्तन गर्दै सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेको छ। अब ‘मालपोत कार्यालय’लाई ‘भूमि प्रशासन कार्यालय’को रूपमा चिनिने व्यवस्था गरिएको छ। केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमार्फत यस्तो प्रावधान ल्याइएको हो।

नयाँ अध्यादेशअनुसार जग्गा (नाप जाँच) ऐन र मालपोत ऐनमा आवश्यक संशोधन गर्दै ‘मालपोत’ शब्द हटाएर ‘भूमि प्रशासन’ शब्द प्रयोग गरिएको छ। यस परिवर्तनले भूमिसम्बन्धी सेवामा स्पष्टता र आधुनिक व्यवस्थापनको संकेत गरेको सरकारी अधिकारीहरूको भनाइ छ।
यससँगै, जग्गा प्रशासनसँग सम्बन्धित सेवाहरू अब थप विकेन्द्रीकरण हुने भएका छन्। जग्गा रजिष्ट्रेसन, नामसारी, दाखिल खारेज, रोक्का तथा फुकुवा जस्ता सेवाहरू सम्बन्धित स्थानीय तहको भूमि व्यवस्थापन शाखाबाट समेत प्रदान गर्न सकिने व्यवस्था गरिएको छ। यसले सेवाग्राहीलाई सहजता र छिटो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

भूमिसम्बन्धी समस्याहरू समाधान गर्न पनि सरकारले नयाँ व्यवस्था गरेको छ। भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको पहिचान र व्यवस्थापनका लागि केन्द्र तथा जिल्ला तहमा समिति वा कार्यदल गठन गर्न सकिने प्रावधान अध्यादेशमा समावेश गरिएको छ। यसले दीर्घकालीन रूपमा भूमि व्यवस्थापनलाई व्यवस्थित बनाउने विश्वास गरिएको छ।

त्यसैगरी, भूउपयोग ऐनमा गरिएको संशोधनअनुसार स्थानीय भूउपयोग परिषद्लाई विशेष अधिकार दिइएको छ। परिषद्ले आवश्यक ठानेमा एक पटकका लागि स्थानीय भूउपयोग परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ, जसले विकास आयोजनाहरू कार्यान्वयनमा लचकता ल्याउने अपेक्षा गरिएको छ।

सरकारको यो कदमले भूमि प्रशासन प्रणालीलाई समयानुकूल बनाउँदै सेवा प्रवाहलाई प्रभावकारी र पहुँचयोग्य बनाउने लक्ष्य लिएको देखिन्छ।

समाचार अभियान May 5, 2026 २०८३, २२ बैशाख मंगलवार २०:४०
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?