बारा । बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुरमा रहेको मतदानस्थलमा खटिएका निर्वाचन अधिकृत श्याम प्रसाद साह अचानक बेहोस भएका छन्।
जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार मतदान प्रक्रिया चलिरहेका बेला अचानक उनको स्वास्थ्य अवस्था बिग्रिएर उनी ढलेका थिए। त्यसपछि मतदानस्थलमा रहेका सुरक्षाकर्मी तथा कर्मचारीहरूले उनलाई तत्काल उपचारका लागि बाराकै एक स्थानीय अस्पतालतर्फ पठाएका छन्।
निर्वाचन अधिकृत साहको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उनकाे उपचार भइरहेकाे छ भने मतदान कार्य भने अन्य कर्मचारीको समन्वयमा नियमित रूपमा सञ्चालन भइरहेकाे बताइएको छ ।
