बारा, फागुन ५ । बाराको सुवर्ण गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा अमोध चौधरी हाजिर भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार चौधरीलाई सुवर्ण गाउँपालिकामा सरुवा गरी पठाइएको हो।
गाउँपालिकाको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच चौधरीले पदबहाली गरेका हुन्। पदबहालीसँगै उनले गाउँपालिकाको समग्र प्रशासनिक कार्यलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने चौधरीले प्रतिबद्धता व्यक्त गर्नु भयो स्थानीय तहको सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउँदै विकास निर्माणका योजनालाई समयमै सम्पन्न गराउने तर्फ आफू केन्द्रित रहने वहाँले बताए।
गाउँपालिका अध्यक्ष राजेश यादव जनप्रतिनिधि तथा समाज सेबी शतेन्द्र यादव नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत गर्दै सहकार्य र समन्वय मार्फत स्थानीय सरकारका कामलाई गति दिने विश्वास व्यक्त गरेका छन्। उनीहरूले कर्मचारी व्यवस्थापन, आन्तरिक सुशासन, बजेट कार्यान्वयन तथा सेवा प्रवाहमा सुधार आवश्यक रहेको औँल्याउँदै त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरेका छन्।
चौधरी यसअघि विभिन्न स्थानीय तहमा कार्यअनुभव हासिल गरिसकेका अनुभवी अधिकृत मानिन्छन्। प्रशासनिक दक्षता र समन्वयकारी भूमिकाका कारण उनीबाट सुवर्ण गाउँपालिकामा सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ।
स्थानीयवासीले समेत नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट विकास आयोजनाको तीव्रता, पारदर्शिता र जनगुनासोको छिटो सुनुवाइ हुने अपेक्षा राखेका छन्। हाल गाउँपालिकामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न योजना सञ्चालनमा रहेका छन्।
नयाँ नेतृत्वसँगै सुवर्ण गाउँपालिकाको प्रशासनिक तथा विकासगत गतिविधिमा थप गति आउने विश्वास गरिएको छ।
