बारा, माघ ३ — कानु हलुवाही समाज महासंघ नेपालको निगरानीमा कानु समाज कल्याण समिति जिल्ला रौतहटको आयोजनामा जागरण सभा तथा सम्मान समारोह कार्यक्रम सम्पन्न भएको छ। समाजको एकता, चेतना अभिवृद्धि र भावी दिशाबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न जिल्लाबाट आएका अगुवा, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा महागढीमाई नगरपालिका का उपमेयर तारा देबी कानुले कानु समाजभित्र देखिन थालेको विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समाज फुटेमा त्यसको प्रत्यक्ष असर समग्र समुदायमा पर्ने बताएका छन्। “कानु हलुवाही फुट्ने छैन, यदि फुट भयो भने समाज पछाडी पर्ने निश्चित छ,” भन्दै उपमेयर तारा देबी कानुले एकताको अपरिहार्यतामा जोड दिएका थिए। व्यक्तिगत स्वार्थ, गुटबन्दी र संकीर्ण सोचका कारण समाज कमजोर बन्दै गएको बोल्दै अब सामूहिक सोच र साझा लक्ष्यका साथ अघि बढ्नुपर्ने समय आएको बताए।कुनै पनि जति भएपनि साझा बिचार धारा उदेश्यका ब्यक्तिलाई आफुसंग जोडेर समाज रुपान्तरण तिर लैजानु पर्छ ।कानु पिछडिएको जाती भएपनि हरेक जातिधर्मको लागि हरेक क्षेत्रमा आरक्षण कोटाको लागि लडनु पर्ने जोड दिनु भएको छ ।
कार्यक्रममा संबिधान सभा सदस्य प्रमोध गुप्ताले कानु समाज समाजको लागि परिवर्तन र साझा उदेश्य बिचार धारा बोकेर अगाडि बढने समाज हो ।कानु समाज सबै जातिमा सक्रात्मक बिचार र समाजलाई परिवर्तनको पक्षमा अगाडी बढेको समाज हो राजनीति, सरकारी सेवा, शिक्षा तथा अन्य सार्वजनिक क्षेत्रमा प्रत्येक जातिको उचित प्रतिनिधित्व सुनिश्चित गर्न आरक्षण कोटा आवश्यक रहेको धारणा पनि राख्नु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बिहारको छपरा विधानसभा निर्वाचित विधायक छोटी कुमारीले कार्यक्रमको उद्घाटन गर्दै समाजभित्र चेतना फैलाउनु र युवा पुस्तालाई संगठित गर्नु र समाजका लागि योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको गर्नु पर्ने बताएका हुन कानु समाज कल्याण समिति जिल्ला रौतहटका प्रतिनिधिहरूले यस्तो कार्यक्रमले समाजभित्र एकता, आपसी विश्वास र सहकार्यको भावना बलियो बनाउने अपेक्षा व्यक्त गरेकी हुन उनीका अनुसार जातिय आरक्षण कोटा नेपालमा पनि लगाउने सरकारलाई दबाब दिनु पर्छ ।जातिय आरक्षण कोटाबाट हरेक जाती अगाडि बढन सकिन्छ।
कार्यक्रमले कानु हलुवाही समाजलाई एकताबद्ध गर्दै समावेशी र विचारप्रधान समाज निर्माणतर्फ अघि बढ्ने सन्देश दिएको सहभागीहरूको निष्कर्ष रहेको छ।
