By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : नाबालिक चेलीलाई प्रेमजालमा फसाई घरबाट भगाउने जस्तोगैर जिम्मेवार भुमिका वडाअध्यक्षको संलग्नता
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधसमाचारसमाजहेडलाईन

नाबालिक चेलीलाई प्रेमजालमा फसाई घरबाट भगाउने जस्तोगैर जिम्मेवार भुमिका वडाअध्यक्षको संलग्नता

समाचार अभियान
समाचार अभियान २०८२, २१ पुष सोमबार १६:०० पाठक संख्या 95
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

एस पि सिंह
पुस २१ रौतहट
समाज सुधार्ने गलत कार्य रोक्ने नाबालक तथा महिलाको सुरक्षा गर्ने र सामाजिक परम्परा तथा मर्यादाको संरक्षण गर्ने प्रमुख दायित्व समाजका अगुवा तथा जनप्रतिनिधिको हुन्छ। तर दुःखको कुरा, यहाँ जनप्रतिनिधि स्वयंले आफ्नो जिम्मेवारी बिर्सेर समाजलाई गलत दिशातर्फ डोर्याउने भूमिका निर्वाह गरेको स्पष्ट देखिन्छ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका -४ छतौना गाउँमा सोही वडाका वडाअध्यक्ष रामानन्द प्रसाद यादवले १४ वर्षीया नाबालिक बालिकाको विषयमा अत्यन्तै गैरजिम्मेवार आपत्तिजनक र निन्दनीय भूमिका खेलेको आरोप गम्भीर रूपमा उठिरहेको छ। सो गाउँकै १७ वर्षका नाबालक युवक दिलीप यादवले उक्त नाबालिकालाई प्रेमको प्रभावमा पारेर घरबाट लगेको घटनापछि पीडित बालिकाका आमाबुबा तथा आफन्तहरूले समाजका अगुवा र वडाअध्यक्ष समक्ष छोरी जसरी भए पनि सुरक्षित रूपमा फिर्ता गरिदिन हारगुहार गर्दा समेत वडाअध्यक्षले पीडितको पक्षमा उभिनुको सट्टा उल्टै दोषी पक्षलाई संरक्षण र समर्थन गरेको गुनासो छ।

नाबालिक चेलीबेटीलाई प्रेमजालमा फसाई घरबाट भगाउने जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनु पर्नेमा, वडाअध्यक्ष स्वयंले गलत बाटो सिकाउने, पीडित परिवारको इज्जतमा आँच पुर्‍याउने, तथा केटालाई आफ्नै परिवारमाथि झुटा दोष लगाउन दबाब दिने कार्य गरिरहेको आरोप अत्यन्तै गम्भीर र चिन्ताजनक छ।

जनताको विश्वासबाट निर्वाचित जनप्रतिनिधि भएर पनि बाल अधिकार, महिला सुरक्षा र कानुनी मर्यादाको खुलेआम उल्लंघन गर्दै दोषीलाई कारबाही गर्नुको सट्टा संरक्षण र साथ- सहयोग गर्नु न केवल गैरजिम्मेवार कार्य हो, यो समाजका लागि घातक उदाहरण पनि हो।

अमानवीय र समाजलाई दूषित बनाउने कार्य गर्ने व्यक्तिलाई कार्वाही गर्नुपर्छ । यस्ता व्यक्तिहरू समाजका लागि धमिरा सरह हुन्, जसले समाजको नैतिकता, सुरक्षा र भविष्यलाई भित्रैबाट क्षय गर्दै गलत दिशातर्फ लैजाने काम गरिरहेका हुन्छन्।

यस गम्भीर घटनाप्रति सम्बन्धित निकाय, सुरक्षा निकाय, बाल अधिकारकर्मी तथा सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण गराउँदै पीडित नाबालिकाको शीघ्र उद्धार, सुरक्षा र न्यायको सुनिश्चितता गर्न जोडदार माग गरेको हो।

समाचार अभियान January 5, 2026 २०८२, २१ पुष सोमबार १६:००
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?