By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : फेटा गाउँपालिकामा कामकाज चुस्त,तन्दुरुस्त अध्यक्ष र प्रशासकीय अधिकृतको सक्रियता
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

फेटा गाउँपालिकामा कामकाज चुस्त,तन्दुरुस्त अध्यक्ष र प्रशासकीय अधिकृतको सक्रियता

समाचार अभियान
समाचार अभियान २०८२, ११ मंसिर बुधबार २१:०४ पाठक संख्या 170
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा – मंसिर १० – फेटा गाउँपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा हाजिर भएसँगै गाउँपालिकाको कामकाजमा नयाँ गति आएको छ। कार्यालयभित्र काम गर्ने तरिका चुस्त र तन्दुरुस्त बनेको छ भने सेवाग्राहीलाई छिटो र सहज रूपमा सेवा उपलब्ध गराउने व्यवस्था पनि लागू गरिएको छ।

कार्यालयको आन्तरिक व्यवस्थापन, कर्मचारीहरूको जिम्मेवारी निर्धारण र सेवाग्राहीसँगको समन्वयलाई प्राथमिकतामा राखेको प्रशासकीय अधिकृत ओझाले बताउनु भएका छन ।हामीले गाउँपालिका कार्यालयलाई चुस्त र छिटो काम गर्ने बनाउने योजनामा काम सुरु गरेका छौं। यसअन्तर्गत सेवा लिने नागरिकहरूले लामो समय कुर्न नपरोस् भन्ने सुनिश्चित गरेका छौं,” उनले भने।

उनको सक्रियताले कार्यालयभित्र कार्यप्रवाहमा स्पष्ट सुधार आएको छ। कर्मचारीहरू अब निश्चित समयावधिमा काम पूरा गर्न बाध्य भएका छन् र सेवाग्राहीको समस्या तत्काल सुन्ने र समाधान गर्ने व्यवस्था गरिएको छ। यसले गाउँपालिकाको विश्वासनीयता पनि बढाएको छ।

गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले पनि कामकाज चुस्त बनाउन आफ्नो पहल रहेको बताएका छन्। अध्यक्ष अंसारीले भने, प्रशासकीय अधिकृत “राकेश ओझा सक्रियताले कार्यालयको कामकाजमा गति ल्याएको छ। हामी सेवाग्राहीको आवश्यकतालाई प्राथमिकता दिँदै सबै कार्यलाई छिटो र पारदर्शी बनाउने दिशामा काम गरिरहेका छौं।”

उहाँका अनुसार, गाउँपालिका कार्यालयले विकास कार्यक्रम, योजना कार्यान्वयन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारसम्बन्धी सेवा वितरणमा पनि नयाँ ढाँचा अपनाएको छ। यसले गाउँपालिका भित्रको प्रशासनिक कामकाजलाई व्यवस्थित मात्र बनाएको छैन, नागरिकको पहुँचमा रहेका सेवा प्रणालीलाई पनि सरल र प्रभावकारी बनाएको छ।

अध्यक्ष अंसारीले भने, “हाम्रो लक्ष्य फेटा गाउँपालिका नागरिकमैत्री बनाउन हो। सेवाग्राहीले तुरुन्तै आवश्यक सेवा पाउनुपर्छ र कार्यालयको कामकाज पारदर्शी र जवाफदेही हुनु आवश्यक छ। प्रमुख प्रशासकीय अधिकृत ओझासँग मिलेर हामीले यी उद्देश्यहरू प्राप्त गर्न निरन्तर काम गरिरहेका छौं।”

कार्यालयमा आएका सेवाग्राहीहरूले पनि सुधारको अनुभव गरेका छन्। धेरैले भने कि पहिलाको जस्तो समय खेर जाने वा कागजपत्रको जटिल प्रक्रिया अब कम भएको छ। यसरी कामकाज चुस्त र छिटो बनाएकोमा प्रशासकीय अधिकृत र अध्यक्ष दुवैको सराहना गरिएको छ।

फेटा गाउँपालिकामा प्रशासनिक सुधार र सेवाग्राही केन्द्रित कामकाजको यो प्रयास स्थानीय तहमा उदाहरणीय देखिएको छ। यसले अन्य गाउँपालिका र नगरपालिकाहरूका लागि पनि प्रेरणा बन्न सक्ने अधिकारीहरूले बताएका छन्।

समाचार अभियान November 26, 2025 २०८२, ११ मंसिर बुधबार २१:०४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?