By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बाराका आचार्य ज्ञानेश्वर तिवारी : महायज्ञदेखि भुमिपूजन सम्ममा उपराष्ट्रपति देखि उपप्रधानमन्त्रीबाट सम्मानित
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

बाराका आचार्य ज्ञानेश्वर तिवारी : महायज्ञदेखि भुमिपूजन सम्ममा उपराष्ट्रपति देखि उपप्रधानमन्त्रीबाट सम्मानित

समाचार अभियान
समाचार अभियान २०८२, ११ मंसिर बुधबार २०:५५ पाठक संख्या 673
शेयर
4 मि. पढ्न लाग्ने समय
शेयर

बारा -मंसिर १० । श्रीकान्त गुप्ता – बाराको धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका आचार्य ज्ञानेश्वर तिवारी हाल प्रदेशकै चर्चित शिक्षित पुरोहितका रूपमा परिचित बन्न सफल भएका छन् । विभिन्न महायज्ञ, पूजापाठ, भुमिपूजन, ग्रहप्रवेश, अष्टजाम, लखराव, जन्मकुण्डली निर्माणदेखि लेकर वास्तुशास्त्रसम्बन्धी काममा विशेषज्ञता राख्दै उनीले दर्जनौँ कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउँदै आएका छन् ।

शनातन धर्मप्रति गहिरो आस्था राख्ने तिवारीले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीबाट आचार्य (एमए) उत्तीर्ण गरेका छन् । सन् २०१८ (वि.सं. २०७५) मा उक्त डिग्री हासिल गरेका उनी नेपालमा एसएलसी २०६८ सालमै उत्तीर्ण भई वैदिक अध्ययन–अध्यापनमा अघि बढेका हुन्।वहाँ श्री रामायण आचार्य पंडितको छोरा हुनुहुन्छ ।

धार्मिक कार्यक्रमहरूको नेतृत्व

तिवारीले आयोजना तथा सञ्चालन गरेका प्रमुख धार्मिक कार्यक्रममध्ये लक्ष्मीनारायण महायज्ञ, श्रीविष्णु महायज्ञ, श्रीरुद्र महायज्ञ, सतचण्डी महायज्ञ, नवाह महायज्ञ, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ विशेष चर्चामा आए ।

यसबाहेक विभिन्न गाउँपालिका तथा नगरपालिकामा सरकारी तथा सामुदायिक संरचनाहरूको उद्घाटन र भुमिपूजनमा समेत उनी प्रमुख वैदिक विधिवत् पूजापाठ गर्ने आचार्यका रूपमा आवधिक रूपमा निम्त्याइन्छ । पुल उद्घाटन, धर्मशाला उद्घाटन, कार्यालय उद्घाटन, विवाह, ग्रहप्रवेश, अष्टजाम तथा अन्य संस्कारमा उनको सहभागिता निरन्तर रहँदै आएको छ ।

उल्लेखनीय सम्मानहरू

उनले वैदिक विधि, सामाजिक सेवा र धार्मिक योगदानका कारण विविध तह–तप्काबाट महत्वपूर्ण सम्मान प्राप्त गरेका छन् ।

सन् २०१५ डिसेम्बर १२ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै वैदिक–सांस्कृतिक योगदानका आधारमा सम्मानित हुनु तिवारीको जीवनको विशेष उपलब्धि मानिन्छ।

सन् २०१९ मा अमाव महायज्ञका अवसरमा तत्कालीन स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले तिवारीलाई सम्मान प्रदान गरेका थिए। त्यसै वर्ष जबगा र रम्पुरवा गाउँमा महायज्ञ सञ्चालन गर्दा तत्कालीन सांसद रामसहाय यादवले समेत सम्मानित गरे भने सिदेश्वर विद्यालय परिसरमा आयोजना गरिएको विश्वशान्ति श्रीरुद्र महायज्ञमा कलैयाका तत्कालीन मेयर राजेश यादव, पूर्व प्रदेशसभा सदस्य पारस साह तथा पूर्व सांसद रामबाबु यादवबाट सम्मान प्राप्त गरे।

महागढीमाई नगरपालिका–१ स्थित प्रसिद्ध गढीमाई मन्दिर परिसरमा विद्यालय निर्माणका लागि गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा नगरप्रमुख उपेन्द्र यादवले तिवारीप्रति कृतज्ञता व्यक्त गर्दै सार्वजनिक सम्मान गरेका थिए।

गंजभवानीपुर पञ्चमुखी हनुमान मन्दिरमा सम्पन्न सतचण्डी महायज्ञ र श्रीसिताराम नवाह पारायणमा वडा अध्यक्ष तथा स्थानीय बासिन्दाले सम्मान गरेका थिए।

थसकौलको श्रीमद्भागवत सप्ताहमा कोल्हवी नगरप्रमुख रामप्रसाद चौधरीबाट, गोपाल सेवा समितिद्वारा आयोजित भागवत महायज्ञमा समितिका अध्यक्ष जगबहादुर यादवबाट, बलुवा बढनिहारमा श्रीविष्णु महायज्ञ सञ्चालनका क्रममा गाउँद्वारा तथा प्रसिद्ध गढीमाई मन्दिरमा पाँचवर्षे मेलाका लागि विधिपूर्वक रथयात्रा तथा महाअभिषेक गराएको योगदानका कारण मेला समितिबाट सम्मान प्राप्त गरे।

समाज निर्माणमा सक्रिय

तिवारीले धार्मिक कार्यसँगै सामाजिक संरचना निर्माणमा पुजन गरि समेत उल्लेखनीय योगदान दिएका छन् ।
पचरौता नगरपालिका–४ बेलदारीस्थित नगर अस्पताल निर्माणका लागि भुमिपूजन गर्न आएका तत्कालीन उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले तिवारीलाई सम्मानित गरेका थिए।

त्यसैगरी आदर्श कोतवाल गाउँपालिकामा पुल निर्माणका लागि आयोजित भुमिपूजनमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले उनलाई सम्मान गरेका थिए।

करैयामाई गाउँपालिकामा खामवा तथा शजौवली पसाह खोला पुल निर्माण प्रक्रियामा तत्कालीन वन तथा वातावरण मन्त्री रामसहाय यादव र बारा–३ का सांसद रामबाबु यादवद्वारा तिवारी सम्मानित भए।

महागढीमाई नगरपालिका–१ स्थित श्रीगढीमाई प्राङ्गणमा विवाह मण्डप निर्माणका लागि भुमिपूजन कार्यक्रममा मधेश प्रदेशका तत्कालीन भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले तिवारीप्रति सम्मान व्यक्त गरेका थिए।

उपराष्ट्रपति परिवारसँगै वैदिक कार्य

तिवारीले नेपालका उपराष्ट्रपति रामसहाय यादवका छोरीको विवाहमा वैदिक विधि अनुसार सम्पूर्ण संस्कार सम्पन्न गराएको उल्लेखनीय भूमिका पनि सम्हालेका थिए । यो घटना उनको वैदिक दक्षताको राष्ट्रिय स्तरमै पहिचान स्थापित गर्ने अर्को महत्वपूर्ण क्षण बन्यो।

निष्कर्ष

शिक्षित, अनुशासित र वैदिक विधिमा पारंगत आचार्यका रूपमा बाराका ज्ञानेश्वर तिवारी धार्मिक जगतमा मात्र होइन, सामाजिक संरचनाको विकासमा समेत सक्रिय देखिन्छन्। निरन्तरता, सेवा भावना र वैदिक ज्ञानप्रतिको समर्पणले उनलाई प्रदेशभर सम्मानित धार्मिक–सामाजिक अगुवाका रूपमा स्थापित गराउँदै छ।

समाचार अभियान November 26, 2025 २०८२, ११ मंसिर बुधबार २०:५५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी6
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?