By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : उपसभामुखद्वारा सभामुखको निर्णय बदर, पाँच सांसद पदमुक्तिको पत्र रद्द
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

उपसभामुखद्वारा सभामुखको निर्णय बदर, पाँच सांसद पदमुक्तिको पत्र रद्द

समाचार अभियान
समाचार अभियान २०८२, २९ कार्तिक शुक्रबार ०८:३५ पाठक संख्या 156
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा , कात्तिक २८ ।मधेश प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त गरिएको भन्दै सभामुख रामचन्द्र मण्डलले जारी गरेको पत्र उपसभामुख बबिता इसरले बदर गरेकी छन्। सभामुखको निर्णय प्रक्रियागत त्रुटि, असंवैधानिक व्यवहार र कार्यसञ्चालन नियमावली विपरीत रहेको भन्दै उपसभामुखले सार्वजनिकरूपमा उक्त पत्र रद्द गरेको घोषणा गरेकी हुन्।

उपसभामुख इसरले मधेश प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को उपनियम २(क) बमोजिम सभामुखले पदअनुकूल आचरण नगरेको आरोपसहित दर्ता भइसकेको प्रस्ताव अझै छलफल प्रक्रियामा रहेको बेला अचानक आवेगमा निर्णय गरेर पाँच सांसदलाई पदमुक्त गरेको बताइन्। उनका अनुसार प्रस्ताव उपसभामुखसमक्ष दर्ता भई मिति–समय तोकिएको प्रक्रियामा रहेका बेला सभामुखले गरेको पत्राचार स्वभावतः पूर्वाग्रहपूर्ण र नियमविरुद्ध देखिन्छ।

उनीले सार्वजनिक गरेको पत्रमा हालै सम्पन्न प्रदेशसभा बैठकमा पदमुक्त भनिएका सबै सांसदहरू उपस्थित रहेको प्रस्ट प्रमाण भएको उल्लेख छ। “बैठकमै उपस्थित सांसदलाई पछिल्ला १० बैठकमा अनुपस्थित भएको भन्दै पदमुक्त गर्नु कानूनसम्मत हुन सक्दैन,” इसरले भनिन्। अधिवक्ता डा. सुनिल रंजन सिंहले पनि यही तर्क अघि सारे। उनका अनुसार १० बैठक अनुपस्थित भए तत्कालै कारबाही हुनुपर्ने हो, तर पछिल्लो बैठकमा सांसदहरू उपस्थित भइसकेपछि पद रिक्त गर्न नसकिने विधि स्पष्ट छ।

सात दलिय गठबन्धनले मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख रामचन्द्र मण्डलविरुद्ध महाअभियोग दर्ता गरेपछि सभामुख आक्रोशित भएको आरोप नेकपा तथा गठबन्धनका नेताहरूले लगाउँदै आएका छन्। महाअभियोग दर्ता गर्ने सांसदहरूलाई नै केहीबेर रोकेर दबाब सिर्जना गरेको घटनापछि सभामुखले अचानक पाँच सांसद—उर्मिला देवी सिंह, मनिष कुमार सुमन, संजय यादव, सिंहासन कलवार र सारदा शंकर प्रसाद कलवार—लाई पदमुक्त गरेको पत्र सार्वजनिक गरेका थिए। पदमुक्ती पत्र २०७८/०७/२७ मा जारी भएको उल्लेख छ।

तर उपसभामुखद्वारा पत्र बदर भएपछि पाँचै सांसदको सदस्यता यथास्थितिमा रहेको स्पष्ट भएको छ। यस प्रकरणले मधेश प्रदेशसभामा बढ्दो राजनीतिक तनाव, सभामुख–उपसभामुखबीचको अधिकार प्रयोगमा देखिएको टकराव र प्रदेशको राजनीतिक स्थिरताबारे थप प्रश्न खडा गरेको छ।

 

समाचार अभियान November 14, 2025 २०८२, २९ कार्तिक शुक्रबार ०८:३५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?