By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : लगातार अनुपस्थित पाँच सांसदको पद खारेज, मधेश प्रदेशमा राजनीति हलचल
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

लगातार अनुपस्थित पाँच सांसदको पद खारेज, मधेश प्रदेशमा राजनीति हलचल

समाचार अभियान
समाचार अभियान २०८२, २८ कार्तिक बिहीबार २१:४४ पाठक संख्या 494
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा कात्तिक २७ —श्रीकान्त गुप्ता – मधेश प्रदेश सभाका पाँच जना सांसदको पद अन्ततः खारेज गरिएको छ। लगातार १० वटा बैठकमा अनुपस्थित रहेपछि उनीहरूको सदस्यता स्वतः रद्द गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभा नियमावलीअनुसार कुनै पनि सांसद लगातार १० बैठकमा बिना जानकारी अनुपस्थित रहेमा उनको पद स्वतः रद्द हुने व्यवस्था छ। सोही प्रावधानअनुसार बारा क्षेत्र नं २ (क) मा.सारदा शंकर कलवार ,सर्लाही क्षेत्र नं ४( ख) मा.सिंहासन साह कलवार, सर्लाही क्षेत्र नं ३ (ख)मा.संजय यादव , सप्तरी मा.मनिष कुमार सुमन, र सर्लाही मा.उर्मिला देबि सिंहको पद खारेज भएको सचिवालयले  पत्रमार्फत जनकारी गराएका छन यी पाँच जना प्रदेश सभा सदस्यहरुको अनुपस्थित विवरण र कारणसमेत समीक्षा गरी निर्णय गरेको हो।

सचिवालयका अनुसार सांसदहरूले कुनै वैध कारण नदेखाई लामो समयसम्म सभाको बैठकमा भाग नलिएपछि नियमअनुसार पद समाप्त भएको जानकारी सम्बद्ध दलहरूलाई समेत पठाइएको छ।तर, प्रभावित सांसदहरूले भने सो निर्णय अन्यायपूर्ण भएको दाबी गर्दै पुनर्विचार गर्न आग्रह गरेका छन्।

स्रोतका अनुसार पद गुमाउने सांसदहरू विभिन्न दलसँग सम्बन्धित रहेका छन्। उनीहरू आन्तरिक विवाद र राजनीतिक असन्तुष्टिका कारण लामो समयदेखि बैठकमा उपस्थित भएका थिएनन्।

यस घटनापछि मधेश प्रदेश राजनीतिक हलचल बढेको छ। केही दलका नेताहरूले यसलाई “राजनीतिक बदला”को रूपमा व्याख्या गरेका छन् भने अरूले नियमको कडाइमा स्वागत गरेका छन्।

प्रदेश सभा सचिवालयले भने यो प्रक्रिया पूर्ण रूपमा नियम र कार्यविधिअनुसार भएको बताउँदै भविष्यमा पनि अनुपस्थित सांसदप्रति कडाइ हुने चेतावनी दिएको छ।
यस निर्णयसँगै सभामा सांसदहरूको संख्या घटेको छ भने रिक्त पदमा नयाँ सदस्य पठाउने प्रक्रियाको तयारी दलहरूले थाल्ने छन ।

समाचार अभियान November 13, 2025 २०८२, २८ कार्तिक बिहीबार २१:४४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित1

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?