By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सिन्धुलीमा सपथ मधेसमा नयाँ मुख्यमन्त्री सरोज यादव
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

सिन्धुलीमा सपथ मधेसमा नयाँ मुख्यमन्त्री सरोज यादव

समाचार अभियान
समाचार अभियान २०८२, २५ कार्तिक सोमबार ०८:०५ पाठक संख्या 215
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुर कार्तिक २४ । मधेस प्रदेशको राजनीतिक घटनाक्रममा सोमबार अप्रत्याशित मोड देखा परेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवलाई सिन्धुलीस्थित एक होटेलमा गुपचुप रुपमा मुख्यमन्त्री पदको शपथ गराएकी छिन्।

संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दलका नेता भएकै हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। जनकपुरमा शपथको वातावरण प्रतिकूल देखिएपछि शपथ स्थल सिन्धुली सारिएको भन्दै यादवले शपथपछि प्रतिक्रिया दिएका छन्। उनका अनुसार जनकपुरमा विरोध प्रदर्शन बढ्दै गएपछि वैकल्पिक स्थानमा शपथ गरिनु परेको हो।

यसअघि विश्वासको मत नपाउने अवस्था बनेपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। तर, सोनलले शपथ प्रक्रिया र प्रदेश प्रमुखको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। उनले प्रदेश प्रमुख स्वास्थ्य उपचारका नाममा जनकपुर छाडेर काठमाडौँ जान लागेझैँ देखाए पनि बिचमै सिन्धुलीमा नै शपथ गराई प्रदेशको मर्यादामाथि प्रहार गरिएको आरोप लगाएका छन्।

सोनलले सामाजिक सञ्जालमा लेखेका छन्, “मधेस प्रदेशको जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुखले सिन्धुली र महोत्तरीको सीमास्थित होटलमा प्रदेशको अस्मिता कमजोर पार्ने काम गरिन्।”

यस घटनापछि मधेस प्रदेशमा सत्ता समीकरण फेरबदलका बहस तीव्र बनेको छ। एकातिर एमालेले नयाँ नेतृत्व स्थापनाको दाबी बलियो बनाएको छ भने अर्कातिर सोनल नेतृत्वको गठबन्धन पक्षले शपथ प्रक्रियालाई ‘अनैतिक र अप्राकृतिक’ भन्दै प्रश्न उठाइरहेको छ। आगामी दिनमा विश्वासको मत प्रक्रियासँगै प्रदेश सभामा थप राजनीतिक तानातान देखिने संकेत मिलेको छ।

समाचार अभियान November 10, 2025 २०८२, २५ कार्तिक सोमबार ०८:०५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?