By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : पचरौतामा एमालेका नगर अध्यक्ष सुरेश यादव जसपामा प्रवेश
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाजहेडलाईन

पचरौतामा एमालेका नगर अध्यक्ष सुरेश यादव जसपामा प्रवेश

समाचार अभियान
समाचार अभियान २०८२, १२ कार्तिक मंगलवार १९:०४ पाठक संख्या 383
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा, कार्तिक – ११ – सिकिन्द्र साह — बारा जिल्लाको पचरौता नगरपालिकाका नेकपा (एमाले) नगर कमिटी अध्यक्ष तथा जिल्ला सदस्य सुरेश यादव जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्।

पचरौता नगरपालिका का पूर्व नगर प्रमुख तथा जसपा बारा जिल्ला अध्यक्ष रमेशकुमार यादवले आयोजना गरेको कार्यक्रममा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले फुलमाला र खादा ओढाएर यादवलाई पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेशपछि सुरेश यादवले भने, “पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह नाताबादमा फसेका छन्। चुनावी समयमा जनतासँग गरेका वाचा पूरा नगरेकाले मैले एमाले परित्याग गरी जसपा रोजेको हुँ।”

त्यस अवसरमा जसपाका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमालेले बहुदलीय प्रणालीलाई कमजोर बनाएको आरोप लगाए। उनले भने, “पछिल्ला ३५ वर्षदेखि कांग्रेस र एमालेले देशलाई कब्जा गरेर कृषि क्षेत्रमा सुधार गर्नुको साटो जनतालाई गरिबीमा धकेलेका छन्। देशका उद्योग र कलकारखाना बन्द गरेर युवालाई विदेश पलायन हुन बाध्य पारेका छन्।”

उनले संघीयता कमजोर पार्ने षड्यन्त्र भइरहेको बताउँदै चेतावनी दिए, “संघीयता माथि आच आयो भने ठूलो आन्दोलन हुनेछ।”

कार्यक्रममा नेपाली कांग्रेस, एमाले, जनमत पार्टी, लोसपा लगायत विभिन्न पार्टीबाट करिब ३०० जनाले जसपामा प्रवेश गरेका थिए। कार्यक्रममा जसपा नेता अकलेस यादव, नगर अध्यक्ष कुसेश्वर साहलगायत स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।

समाचार अभियान October 28, 2025 २०८२, १२ कार्तिक मंगलवार १९:०४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?