By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेसमा नयाँ सरकारको लागि लोसपा सहित पाँच दलको दाबी पेस
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

मधेसमा नयाँ सरकारको लागि लोसपा सहित पाँच दलको दाबी पेस

समाचार अभियान
समाचार अभियान २०८२, २९ आश्विन बुधबार ११:१२ पाठक संख्या 236
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम । असोज २९ ।मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बन्दै गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपाध्यक्ष जितेन्द्र प्रसाद सोनलले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । उनले नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा बुधबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी प्रस्तुत गरेका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(२) बमोजिम बहुमत प्राप्त दल वा दलहरूको समर्थनमा सरकार गठनका लागि आह्वान गरेपछि सोनलले पाँच दलीय गठबन्धनको तर्फबाट औपचारिक दाबी गरेका हुन् । गठबन्धनका नेताहरूले प्रदेशमा स्थायित्व, सुशासन र विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मधेस प्रदेशसभामा कुल १०७ सदस्य भए पनि हाल दुई जना निलम्बित रहेको अवस्थामा १०५ जना सदस्य कायम छन् । तीमध्ये एमालेका एक निलम्बितसहित २५, नेपाली कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका एक निलम्बितसहित ९, नेकपा (एकीकृत समाजवादी)का ७ र राप्रपा, नागरिक उन्मुक्ति पार्टी तथा संघीय समाजवादी पार्टीका १–१ जना सांसद रहेका छन् ।

सोनल नेतृत्वको गठबन्धनमा रहेका पाँच दलका जम्मा ५६ सांसदको समर्थन प्राप्त भएको बताइएको छ । यस गठबन्धनले मधेसमा लामो समयदेखि देखिँदै आएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै सरकारलाई स्थायित्व दिने दाबी गरेको छ ।

गठबन्धनका नेताहरूले सोनलको नेतृत्वमा मधेसको पहिचान, स्वाभिमान, विकास र अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् । अब प्रदेश प्रमुखले संविधानबमोजिम सोनललाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियालाई अघि बढाउने अपेक्षा गरिएको छ ।

राजनीतिक वृत्तमा सोनल नेतृत्वको यो गठबन्धनलाई मधेसमा नयाँ राजनीतिक समीकरणको रूपमा हेरिएको छ, जसले प्रदेशको आगामी राजनीतिक दिशानिर्देश तय गर्ने सम्भावना देखिएको छ ।

 

समाचार अभियान October 15, 2025 २०८२, २९ आश्विन बुधबार ११:१२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?