By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : जनमतमाथि कांग्रेस प्रचार प्रमुख नितेश गुप्ताको आरोप : “जनमत गद्दार बनेको छ”
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाजहेडलाईन

जनमतमाथि कांग्रेस प्रचार प्रमुख नितेश गुप्ताको आरोप : “जनमत गद्दार बनेको छ”

समाचार अभियान
समाचार अभियान २०८२, २९ आश्विन बुधबार १०:२२ पाठक संख्या 488
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, असोज २९—मधेस प्रदेशमा सरकार गठनको नयाँ समीकरण बनेसँगै नेपाली कांग्रेसका मधेस प्रदेश प्रचार प्रमुख नितेश गुप्ताले जनमत पार्टीमाथि गम्भीर आरोप लगाएका छन् । उनले जनमत पार्टीले प्रारम्भिक सहमति विपरीत पैसाको प्रलोभनमा परेर लोसपासँग हात मिलाएको दाबी गरेका हुन् ।

गुप्ताले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै जनमत पार्टीले मधेसको जनताको विश्वास र भावना हत्या गरेको आरोप लगाए । “जनमत पार्टीले मधेसको हितका लागि होइन, व्यक्तिगत स्वार्थका लागि निर्णय गरेको छ । पैसा र पदको लोभमा परेर कांग्रेससँगको सहमति तोड्नु गद्दारी हो,” गुप्ताले भनेका छन् ।

उनका अनुसार कांग्रेसले मधेस प्रदेशमा स्थिर र विकासमुखी सरकार बनाउन जनमतसँग गहिरो छलफलपछि सहमति गरेको थियो । तर अन्तिम समयमा जनमतका केही शीर्ष नेताहरु लोसपाको प्रस्तावमा आकर्षित भएर सत्ता र सुविधाको लागि गठबन्धन परिवर्तन गरेको उनको आरोप छ ।

गुप्ताले जनमत पार्टीको यो कदमले मधेसको राजनीति फेरि अस्थिर दिशातर्फ लागेको बताएका छन् । “मधेसमा जनताले स्थायित्व खोजिरहेका छन्, तर नेताहरूको अवसरवादी सोचले प्रदेशको भविष्य नै जोखिममा पार्दैछ,” उनले भने ।

उता, जनमत पार्टीका नेताहरूले भने कांग्रेस प्रचार प्रमुखको आरोप अस्वीकार गर्दै गुप्ताको अभिव्यक्तिलाई निराधार र भडकाउपूर्ण भनेका छन् । उनीहरूले भने, “हामीले कुनै पैसाको प्रलोभनमा निर्णय गरेका होइनौँ । हाम्रो प्राथमिकता मधेसको हित र वास्तविक जनताको पक्षमा हुने सरकार हो ।”

मधेस प्रदेशमा हाल सरकार गठनको अन्तिम चरणमा दलहरूबीच कडा राजनीतिक रस्साकस चलिरहेको छ । प्रदेश प्रमुखले बहुमतको दाबी गर्न दलहरूलाई दिएको समयसीमा सकिँदै गर्दा सत्ता समीकरणमा भएको यो बदलाबले प्रदेशको राजनीतिक तापक्रम अझ बढाएको छ ।

राजनीतिक विश्लेषकहरूले यस घटनालाई मधेस प्रदेशको सत्ता संघर्षको निर्णायक मोडका रूपमा हेरिरहेका छन् । उनीहरूका अनुसार, दलहरूबीचको असहयोग र पदमुखी राजनीति दीर्घकालमा प्रदेशको स्थायित्वका लागि चुनौती बन्ने सम्भावना छ ।

समाचार अभियान October 15, 2025 २०८२, २९ आश्विन बुधबार १०:२२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी1
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?