By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : भन्सार छलीको अवैध सामानसहित रौतहटमा ट्रक चालक पक्राउ पछि भंसार बुझाइयो
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

भन्सार छलीको अवैध सामानसहित रौतहटमा ट्रक चालक पक्राउ पछि भंसार बुझाइयो

समाचार अभियान
समाचार अभियान २०८२, १४ आश्विन मंगलवार १३:२० पाठक संख्या 244
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

एस पि सिंह
असोज १४ ​रौतहट
जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार छली चोरी पैठारी गरी ल्याइएको ठूलो परिमाणको अवैध सर-सामानसहित एक जना ट्रक चालकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले ट्रक सहित चालक र लोड गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागी सम्बन्धित निकायमा बुझाएको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त जानकारी अनुसार,आइतबार १२ गते साँझ करिब ८:४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गरिरहँदा अवैध सामानहरू फेला पारेको थियो।

​घटना विवरण
​गस्ती टोली जिल्ला रौतहटको बौधिमाई नगरपालिका वडा नं. ५, हनुमान मन्दिर नजिक ना.६ ख. ५६२ नम्बरको ट्रक कोपवा बजार तर्फबाट मौलापुर तर्फ जाँदै गरेको अवस्थामा देखिएको थियो। शंका लागेर प्रहरी टोलीले उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा ट्रकमा भन्सार छली र चोरी पैठारी गरी ल्याइएका विभिन्न अवैध सर-सामानहरू लोड भएको पाइएको थियो।प्रहरीले तत्काल ट्रक, ट्रकका चालक र लोड रहेका सम्पूर्ण सामानहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा चालक जिल्ला धादिङ, गल्छी गाउँपालिका वडा नं. ६ बस्ने प्रेमबहादुर लामाका छोरा वर्ष २० का विनय लामा रहेको प्रहरीले जनाए।

​बरामद सामान र मूल्य
​प्रहरी नायव उपरीक्षक राजु कार्कीले आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको पत्रमा उल्लेख भए अनुसार, नियन्त्रणमा लिइएका ट्रक, चालक र लोड रहेका सर-सामानहरूको अनुमानित मूल्य ४७ लाख २८ हजार ६ सय ६६ रुंपिया रहेको छ। ​ट्रकमा लोड गरिएका अवैध सर-सामानहरूमा कफीको दाना, गुल (सुर्तीजन्य पदार्थ), सेन्ट अत्तर, पान मसाला, युरीया मल खाद, सुर्ती बिँडी, हुक्का, कुकिङ आयल लगायतका वस्तुहरू रहेका छन्। यी सम्पूर्ण सामानहरू अवैध रूपमा भन्सार छली गरेर नेपाल भित्र्याउन खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

​कारबाहीका लागि सिफारिस
​प्रहरीले नियन्त्रणमा लिएको ट्रक चालक, ट्रक र अवैध सर-सामानहरूलाई थप आवश्यक कारबाहीको लागि प्रहरी प्रतिवेदनसहित सम्बन्धित निकायमा दाखिला गरेको हो । भन्सार छली तथा चोरी पैठारीको कसुरमा थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउनका लागि सम्पूर्ण विवरण पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले जानए ।

​भन्सार छलीका सामानहरू नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाउनुले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी सक्रिय रहेको देखिन्छ । अवैध व्यापार नियन्त्रणका लागि गस्ती र चेकजाँचलाई थप प्रभावकारी बनाइने प्रहरीको भनाई रहेको छ ।

समाचार अभियान September 30, 2025 २०८२, १४ आश्विन मंगलवार १३:२०
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?