By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : प्रधानमन्त्री कार्की : “हत्या–हिंसामा संलग्नलाई अब नेपाली भन्न सकिन्न”
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधअर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

प्रधानमन्त्री कार्की : “हत्या–हिंसामा संलग्नलाई अब नेपाली भन्न सकिन्न”

समाचार अभियान
समाचार अभियान २०८२, २९ भाद्र आईतवार १३:१९ पाठक संख्या 286
शेयर
2 मि. पढ्न लाग्ने समय
प्रधानमन्त्री कार्की-सम्बोधन काठमाडौँ, २९ भदौ : प्रधानमन्त्री सुशीला कार्की आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण पछि आयोजित कार्यक्रमलाई सम्बोधन
शेयर

समाचार अभियान – श्रीकान्त गुप्ता
काठमाडौं,भदौ। २९ ।प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा देखिएको हत्या–हिंसा र सरकारी संरचनामाथि भएको क्षति सुनियोजित षड्यन्त्र भएको दाबी गरेकी छिन्। आइतबार पदभार ग्रहण गर्दै कर्मचारीहरूसँगको सम्बोधनमा उनले आन्दोलनका नाममा भौतिक तथा मानवीय सम्पत्तिमा भएको नोक्सानीलाई योजनाबद्ध आक्रमणको परिणाम भनेकी छन्।

प्रधानमन्त्री कार्कीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारी सडकबाट उठेका आवाजका आधारमा दिइएको स्मरण गर्दै भनिन्, “मैले यो पद आकस्मिक पाएको होइन। देशलाई संकटबाट निकाल्न जनताले आवाज उठाएपछि म जिम्मेवारीमा आएकी हुँ।”

उनले हिंसात्मक गतिविधिमा संलग्नलाई कडाभन्दा कडा कारबाही हुने चेतावनी दिँदै भनेकी छिन्, “यदि नेपालीहरूले नै हत्या–हिंसा गरेका हुन् भने उनीहरूलाई नेपाली भन्न मिल्दैन। अनुसन्धान गरेर नोक्सान गर्नेहरूलाई छोड्ने स्थिति रहने छैन।”

प्रधानमन्त्री कार्कीले विशेष गरी देशका अपरिहार्य भौतिक संरचना र सरकारी संस्थामाथि भएको आगजनी नियोजित रहेको दाबी गर्दै त्यसमा संलग्न समूह पहिचान गरिने स्पष्ट गरिन्। उनका अनुसार यस्तो कार्यमा संलग्न जो कोही भए पनि कानुनको दायरामा ल्याइनेछ।

युवाहरूको आन्दोलनका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता दोहोर्याउँदै उनले आगामी दिनमा ठोस काम हुने उल्लेख गरिन्। “म युवाहरूले राखेका मागअनुसारै कदम चाल्छु। परिवर्तनको आवाजलाई बेवास्ता गर्ने अवस्था छैन,” उनले भनिन्।

साथै प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकाल लामो नभएको जनाउँदै ६ महिनाभित्र सरकारले आवश्यक काम सम्पन्न गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने दाबी गरिन्। उनले हालको प्राथमिकता मुलुकलाई शान्तिपूर्ण र स्थिर दिशामा लैजानु रहेको बताइन्।

उक्त सम्बोधनमार्फत प्रधानमन्त्री कार्कीले देशलाई हिंसाबाट जोगाउन जनतामाझ दृढ सन्देश दिएकी छिन्। आन्दोलनको नाममा हिंसा गर्नेहरूलाई कठोर जवाफ दिइने र लोकतान्त्रिक आन्दोलनलाई शान्तिपूर्ण ढंगले सम्बोधन गर्ने उनको प्रतिवद्धताले सरकारको आगामी कदमबारे उत्सुकता बढाएको छ।

 

समाचार अभियान September 30, 2025 २०८२, २९ भाद्र आईतवार १३:१९
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन
अर्थ समाचार समाचार समाज हेडलाईन
बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मूल्यवृद्धिको मारः जनजीवन कष्टकर बन्दै
लेख / विचार
१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेशको गृह,मन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई २० थान सेलिङ्ग पंखा हस्तान्तरण
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,

April 20, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै

April 20, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?