By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिललाई करवाही गर्न प्रधानमन्त्रीको निर्देशन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिललाई करवाही गर्न प्रधानमन्त्रीको निर्देशन

समाचार अभियान
समाचार अभियान २०८२, ३१ श्रावण शुक्रबार २०:५७ पाठक संख्या 467
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, साउन ३० — जनकपुरमा पत्रकारमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनामा संलग्न वकिलहरूलाई कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मधेस प्रदेश र धनुषा शाखाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।

साउन २७ गते नेपाल बार एशोसिएसन जनकपुरका केही वकिलहरूको समूहले जनकपुरमा पत्रकारहरूमाथि सामूहिक आक्रमण गरी कुटपिट गरेको घटनाले चर्को विरोध निम्त्याएको छ। उक्त घटनामा ६ जना पत्रकार घाइते भएका थिए।

घाइते पत्रकारहरूमा महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिल कुमार निरालाको आँखामा चोट लागेर सून्निएको, पत्रकार दिवाकर राईको टाउकोमा गम्भीर चोट लागेको विवरण उल्लेख गरिएको छ। साथै, उपाध्यक्ष ज्योति झा र पत्रकार बिनीता यादवमाथि लैङ्गिक संवेदनशीलता विपरीत व्यवहार गरिएको महासंघले आरोप लगाएको छ।

पत्रकार महासंघका अनुसार विवादको सुरुवात महासंघको भवन निर्माणका लागि गुठीसँग सम्झौतामा प्राप्त जग्गा नेपाल बार एशोसिएसन जनकपुरले बलपूर्वक अतिक्रमण गरी पार्किङ सञ्चालन गरेपछि भएको हो। सो जग्गा रक्षा गर्न पत्रकारहरूले घेरा हालेका बेला वकिलहरूको समूहले आक्रमण गरेको जनाइएको छ।

घटनापछि पीडित पत्रकारहरूले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका भए पनि अहिलेसम्म दोषीहरूमाथि कुनै कानुनी कारबाही नहुनुमा महासंघले गम्भीर आपत्ति जनाएको छ। यही सन्दर्भमा प्रधानमन्त्रीको जनकपुरधाम आगमनको अवसरमा ज्ञापनपत्र बुझाइएको हो।

प्रधानमन्त्री ओली मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका थिए। सोही अवसरमा महासंघका मधेस प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जारा र धनुषा शाखा अध्यक्ष पुरन साहले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र प्राप्त गरेपछि प्रधानमन्त्री ओलीले पत्रकारमाथि आक्रमण गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन निर्देशन दिएको बताइएको छ। उनले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको संरक्षणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

महासंघले आक्रमणकारीलाई यथाशीघ्र कारबाही गरी पीडित पत्रकारहरूलाई न्याय दिलाउन प्रधानमन्त्रीबाट प्रभावकारी कदम चालिने अपेक्षा गरेको छ।

समाचार अभियान August 15, 2025 २०८२, ३१ श्रावण शुक्रबार २०:५७
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?