By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : कलैया उ.म.न.पा मा सेनिटरी प्याड प्रकरण: विशेष अदालतबाट पूर्व प्रशासकीय अधिकृत सहित ६ जनालाई सफाइ
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

कलैया उ.म.न.पा मा सेनिटरी प्याड प्रकरण: विशेष अदालतबाट पूर्व प्रशासकीय अधिकृत सहित ६ जनालाई सफाइ

समाचार अभियान
समाचार अभियान २०८२, २८ श्रावण मंगलवार २०:११ पाठक संख्या 386
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा – साउन २७ – विशेष अदालतले कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचारको आरोप लागेका ६ जना कर्मचारी तथा व्यवसायीलाई सफाइ दिएको छ। तीन न्यायाधीशको संयुक्त इजलासले आरोप पुष्टि हुन नसकेको ठहर गर्दै उनीहरूलाई दोषमुक्त ठहर गरेको हो।

न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासले मंगलबार सुनाएको फैसलामा उपलब्ध प्रमाणले आरोप पुष्टि गर्न नसकिएको जनाइएको छ। सफाइ पाउनेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्वर्गीय प्रहलाद प्रसाद वर्णवाल, शिक्षाअधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ, सप्लायर्स सागर देवी फर्मा र सोही फर्माका प्रोप्राइटर विमलेश शाह रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ चैत २६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले २०७७/७८ र २०७८/७९ आर्थिक वर्षमा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमविपरीत प्रक्रियाबाट महँगो मूल्यमा ठेक्का दिइएको आरोप लगाएको थियो।

आयोगको दाबी अनुसार, पहिलो वर्ष प्रति प्याकेट ७८ रुपैयाँमा खरिद गरिएका प्याड दोस्रो वर्षमा २४ रुपैयाँमा खरिद गरिएको विवरण थियो। यसमा ९६ हजार २८० प्याकेट प्याड खरिद गर्दा ५१ लाख ९९ हजार १२० रुपैयाँ बढी भुक्तानी गरिएको दाबी गरिएको थियो। साथै, एउटै परिवारका फरक फर्ममार्फत बोलपत्र दिइ मिलेमतोमा ठेक्का लिएको आरोपसमेत थियो।

तर अदालतले प्रस्तुत प्रमाणहरू पर्याप्त नभएको ठहर गर्दै सबै प्रतिवादीहरूलाई सफाइ दिएको हो। मुद्दाका प्रमुख प्रतिवादी वर्णवालको २०८२ साउन ४ गते कलैया उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाको प्रमुखका रूपमा कार्यरत रहँदा असामयिक निधन भएको थियो।

अदालतको फैसलापछि बहुप्रतीक्षित यो मुद्दा टुंगिएको छ भने प्रतिवादीहरूले राहतको महसुस गरेका छन्।

 

समाचार अभियान August 12, 2025 २०८२, २८ श्रावण मंगलवार २०:११
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?