By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बारा क्षेत्र नं. ४ मा जनप्रतिनिधिको बेवास्तालाई काउन्टर दिदै सक्रिय भइन नेत्री एलिजा गौतम
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

बारा क्षेत्र नं. ४ मा जनप्रतिनिधिको बेवास्तालाई काउन्टर दिदै सक्रिय भइन नेत्री एलिजा गौतम

समाचार अभियान
समाचार अभियान २०८२, ८ श्रावण बुधबार १६:५३ पाठक संख्या 1.2k
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा –सावन ७ । ” २०७९ सालको निर्वाचनपश्चात बारा क्षेत्र नं. ४ का जनताले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र भौतिक पूर्वाधार लगायतका क्षेत्रहरूमा निरन्तर समस्या भोगिरहेका छन्। जनप्रतिनिधिहरूको उदासीनता र क्षेत्रको उपेक्षाप्रति स्थानीयवासीको गुनासो चुलिँदै जाँदा सामाजिक अभियन्ता तथा नेत्री एलिजा गौतम जनचासोका मुद्दामा सक्रिय रूपमा देखा परेकी छन्।

नेत्री गौतमको अगुवाइमा सञ्चालित एलिजा फाउन्डेसनले आफ्नो वार्षिकोत्सवको अवसरमा कलैया उपमहानगरपालिका–१७ स्थित सुराही गाउँको श्री लोकतान्त्रिक प्राथमिक विद्यालयमा अध्ययनरत एक सय पच्चीस जना विद्यार्थीलाई स्कुल झोला तथा शैक्षिक सामग्रीहरू वितरण गरेको छ। यस कार्यक्रममा स्वयं फाउन्डेसनकी अध्यक्ष गौतमले विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरेकी थिइन्।कार्यक्रमका क्रममा नेत्री गौतमले बारा क्षेत्र नं. ४ मा वर्षौंदेखि दोहोरिरहने जनप्रतिनिधिहरूले निर्वाचनमा मात्र देखिने र त्यसपछि जनताको समस्या प्रतिको संवेदनशीलता हराउने प्रवृत्तिको आलोचना गरिन्। उनले भनिन्, “यस क्षेत्रका जनताले धेरै दुःख भोगिसकेका छन्, अब जनताको आवाज सुन्ने, बुझ्ने र समाधान गर्ने बेला आएको छ। यदि जनताले कुनै समस्या भएमा म र मेरो टिम सधैंसंग सम्पर्क गर्न आग्रह गरेकीछिन ।शिक्षाको अभाव र विद्यालयको दयनीय अवस्थाबारे बोल्दै उनले विद्यालयमा कक्षा कोठाको अभाव, शौचालय र सुरक्षित खानेपानीको सुबिधा नहुनुले बालबालिकाको शिक्षा प्रभावित भइरहेको बताइन्। विद्यालय आउने बालबालिकाहरू कठिन परिस्थिति भोग्दै अध्ययन गर्न बाध्य छन्, तर जनप्रतिनिधिहरू भने मौन बसेको उनले बताएकीछिन

शैक्षिक सामग्री वितरणपछि विद्यालयका विद्यार्थी र अभिभावकहरू खुसी भएका थिए। अभिभावकहरूका अनुसार यस्तो सहयोगले बालबालिकालाई पढ्न प्रोत्साहन मिल्नेछ र समाजमा सकारात्मक सन्देश प्रवाह हुनेछ।”स्थानीयबासीले पनि नेत्री गौतमको यो पहलको स्वागत गर्दै अन्य सरोकारवाला व्यक्तिहरूले समेत यस्ता कार्यक्रममार्फत जनताको समस्या सम्बोधनमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा पृयान्का यादवले बताइन्

त्यस्तै बारा क्षेत्र नं ४ को बिकासका लागि काठमाडौबाट आएका एलिजा गौतमलाई भब्य स्वागत गरेका स्थानीयले बताउनु हुन्छ ।यस क्षेत्रको बिकासको लागि एलिजा लागीलाई साथ दिनु जरुरी रहेको बताउनु भएको छ ।

यस् क्षेत्रमा विकास र जनसरोकारका विषयहरूमा राजनीतिक नेतृत्वको कमजोर उपस्थिति देखिएसँगै सामाजिक अभियन्ताहरूको सक्रियता बढ्न थालेको जनाइएको छ। एलिजा गौतमको यो प्रयासलाई बारा क्षेत्र नं. ४ का जनताले वैकल्पिक नेतृत्वको सुरुआतको रूपमा समेत हेर्न थालेका छन्।

समाचार अभियान July 23, 2025 २०८२, ८ श्रावण बुधबार १६:५३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”
लेख / विचार
बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती
समाचार समाज हेडलाईन
“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”
लेख / विचार
परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण
अपराध समाचार समाज हेडलाईन
वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका
अर्थ समाचार समाचार समाज हेडलाईन
फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी
अपराध अर्थ समाचार समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव

January 31, 2026
समाचारसमाजहेडलाईन

बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती

January 30, 2026
अपराधसमाचारसमाजहेडलाईन

परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण

January 28, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका

January 27, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?