By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : जनमत पार्टीमा प्रमोद गुप्ता र पारस साहसहित सयौंको प्रवेश, बारामा जसपाको पकड खुकुलो
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

जनमत पार्टीमा प्रमोद गुप्ता र पारस साहसहित सयौंको प्रवेश, बारामा जसपाको पकड खुकुलो

समाचार अभियान
समाचार अभियान २०८२, ६ श्रावण सोमबार १६:२८ पाठक संख्या 547
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

कलैया, साउन ५ । बाराको कलैया स्थित करण राज पार्टी प्यालेसमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा बारा क्षेत्र नम्बर ३ का संविधानसभा सदस्य तथा जसपाका पूर्व नेताहरु प्रमोद प्रसाद गुप्ता र बारा क्षेत्र नं ३ (ख) का पूर्व प्रदेशसभा सदस्य पारस प्रसाद साहसहित विभिन्न राजनीतिक दल परित्याग गरेका सयौं नेता तथा कार्यकर्ताहरूले जनमत पार्टीकोमा प्रवेश गरेका छन ।

नवप्रवेशी नेताहरूलाई जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरे। प्रवेश कार्यक्रममा सहभागी नेताहरूले अब जनमत पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा अघि बढाउन आफ्नो योगदान रहने बताए।

पूर्व संविधानसभा सदस्य गुप्ता र पूर्व प्रदेशसभा सदस्य साह दुवैजना जसपाबाट निर्वाचित भएका थिए। गुप्ता प्रतिनिधिसभामा तथा साह प्रदेशसभामा बाराको प्रतिनिधित्व गर्दै आएका थिए। उनीहरूद्वारा पार्टी परित्यागसँगै बारा क्षेत्र नं ३ मा जसपाको संगठन कमजोर बन्दै गएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

कार्यक्रममा जनमत पार्टीका अन्य शीर्ष नेताहरूको पनि उपस्थिति रहेको थियो। वक्ताहरूले जनमत पार्टी जनताको भावना र परिवर्तनको आकांक्षासँग जोडिएको पार्टी भएकाले अब यो पार्टीलाई अझ बलियो र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिए।

पार्टी प्रवेश कार्यक्रममा सहभागिता जनाउने नेताहरूमा पूर्व वडाध्यक्ष, स्थानीय नेता तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले अब जनमत पार्टीको नीति, कार्यक्रम र विचारमा एकीकृत भएर आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन्।

यस कार्यक्रमसँगै बारामा जनमत पार्टीको प्रभाव बढेको छ भने जसपा कमजोर बन्दै गएको राजनीतिक संकेत देखिएको विश्लेषकहरूको भनाइ छ।

समाचार अभियान July 21, 2025 २०८२, ६ श्रावण सोमबार १६:२८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?