By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मन्त्री प्रमोद जसवालको सक्रिय कार्यशैलीले मधेसमा खेलकुद र समाज कल्याणमा उत्साह थपियो
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
खेल समाचारसमाजहेडलाईन

मन्त्री प्रमोद जसवालको सक्रिय कार्यशैलीले मधेसमा खेलकुद र समाज कल्याणमा उत्साह थपियो

समाचार अभियान
समाचार अभियान २०८२, १७ बैशाख बुधबार ०८:०८ पाठक संख्या 1.2k
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, वैशाख १७ –श्रीकान्त गुप्ता – मधेस प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री प्रमोद जसवालको सक्रिय कार्यशैलीले मधेसमा सकारात्मक चर्चा बढिरहेको छ। विकासको नाममा कहिल्यै पनि प्राथमिकता नपाएको खेलकुद र समाज कल्याण क्षेत्र अब जनस्तरमै छलफलको विषय बन्न थालेको छ। मन्त्री जसवालाको योजनाबद्ध दृष्टिकोण, नियमित स्थलगत निरीक्षण, र जनसमुदायसँग प्रत्यक्ष संवादले उनलाई लोकप्रिय नेताको रुपमा स्थापित गराउँदैछ।

मधेसका जिल्लाहरू—पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा मन्त्री जसवालाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै खेलकुदको पूर्वाधार विकास र सामाजिक संरक्षणलाई प्राथमिकतामा राखेका छन्। खेल मैदान निर्माण, प्रशिक्षण केन्द्र स्थापना, अपाङ्गता भएका व्यक्तिहरूका लागि सहुलियत कार्यक्रम र वृद्धवृद्धालाई लक्षित सेवाहरूको विस्तार जस्ता योजनाहरूले आमनागरिकको ध्यान खिचेको छ।

मन्त्री जसवालाले जनकपुरधाममा खेलकुद तथा समाज कल्याण मन्त्रालयमा समाचार अभियानका अध्यक्ष तथा प्राईम टेलिभिजनका पत्रकार श्रीकान्त गुप्तासंग कुराकानी गर्दै खेलाडीहरूको प्रतिभा उजागर गर्न प्रदेश सरकारले ठोस पहल गरिरहेको बताएका थिए। उनले भने, “खेलकुद केवल मनोरञ्जन होइन, यो स्वास्थ्य, अनुशासन र समृद्धिको मूल आधार हो। हामी मधेसका युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यमा अघि बढिरहेका छौँ।”

वृद्ध, अपाङ्ग, एकल महिला र विपन्न वर्गका लागि विभिन्न कार्यक्रम ल्याइएको कारणले जनतामा सरकारप्रतिको भरोसा बढाएको छ।

मन्त्री जसवालाले सामाजिक संस्थाहरूसँग समन्वय गर्दै युवाहरूमा नशा विरुद्धको जनचेतना अभियान, बाल विवाह अन्त्य अभियान र लैङ्गिक हिंसाविरुद्ध कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छन्। यसले उनी केवल विकासे मन्त्री नभई सामाजिक अभियन्ता पनि हुन् भन्ने सन्देश दिएको छ।

स्थानीयस्तरमा भएका छलफल र सर्वेक्षणहरूले पनि देखाउँछ कि मन्त्री जसवालाको कार्यशैली जनमुखी र परिणाममुखी छ। “हामीले पहिले यस्तो सक्रियता देखेका थिएनौं,” बाराकी सामाजिक अभियन्ता सीमा साहले भन्छिन्, “अब जनताले महसुस गर्न थालेका छन् कि सरकार उनीहरूकै सेवामा छ।”

मधेसमा मन्त्री प्रमोद जसवालाको यो जनमुखी कार्यशैलीले निश्चय नै प्रदेश सरकारप्रति जनआस्था बढाएको छ। उनको योजनाबद्ध, दूरदर्शी र पारदर्शी नेतृत्वले मधेसलाई सामाजिक र खेलकुद विकासको नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

समाचार अभियान April 30, 2025 २०८२, १७ बैशाख बुधबार ०८:०८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?