By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रामा झडप : डेढ दर्जनभन्दा बढी घाइते, कर्फ्यु आदेश जारी
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधराजनीतिसमाचारसमाजहेडलाईन

वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रामा झडप : डेढ दर्जनभन्दा बढी घाइते, कर्फ्यु आदेश जारी

समाचार अभियान
समाचार अभियान २०८१, ३० चैत्र आईतवार ०७:२५ पाठक संख्या 282
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

पर्सा — चैत ३० ।पर्साको वीरगञ्जमा शनिबार हनुमान जयन्तीको अवसरमा आयोजित शोभा यात्राका क्रममा छपकैया इदगाह चोकमा दुई समुदायबीच झडप हुँदा एक दर्जनभन्दा बढी प्रहरी र स्थानीय घाइते भएका छन्। स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

शनिबार साँझ भएको झडपमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक बाबुराम पुडासैनीसहित करिब डेढ दर्जन मानिस घाइते भएका छन्। उनीहरूको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार शोभा यात्रा छपकैया इदगाह चोक नजिक पुग्दा एक समुदायका व्यक्तिले छतबाट ढुंगा प्रहार गरेको आरोप यात्रामा सहभागीहरूले लगाएका छन्। “शान्तिपूर्ण रूपमा गीत–सङ्गीतसहित अघि बढिरहेको यात्रालाई एकाएक ढुंगामुढा गरेपछि स्थिति बिग्रियो,” एक सहभागीले बताएका छन्।

ढुंगामुढापछि आक्रोशित भीडले इदगाह चोकमा रहेका दुईवटा होटेलमा तोडफोड गर्नुका साथै करिब आधा दर्जन मोटरसाइकलमा आगजनीसमेत गरेका थिए। झडप नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू परिचालन गरिए पनि स्थिति थप जटिल बनेपछि प्रशासनले कर्फ्यु लगाएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार शनिबार साँझ ६:३० बजेदेखि आइतबार मध्यान्ह १२ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका छन्।

कर्फ्यु क्षेत्रको चार किल्ला तोकिएको छ — पूर्वमा भेडियाही चोक (वीरगञ्ज-१५), पश्चिममा सिर्सिया पुल (वीरगञ्ज-२५), उत्तरमा गण्डक चोक (वीरगञ्ज-१४) र दक्षिणमा शङ्कराचार्य गेट (वीरगञ्ज-१६) सम्मका क्षेत्र कर्फ्यु अन्तर्गत छन्।

कर्फ्यु अवधिमा सो क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, सभा, जुलुस, प्रदर्शन वा भेला गर्न निषेध गरिएको छ। प्रशासनले शान्ति-सुरक्षा कायम गर्नका लागि कर्फ्यु आदेश आवश्यक भएको जनाएको छ। स्थिति नियन्त्रणमा ल्याउन प्रहरी र सशस्त्र प्रहरी बलका थप टोलीहरू खटाइएको छ।

 

समाचार अभियान April 13, 2025 २०८१, ३० चैत्र आईतवार ०७:२५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?