By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : निजगढका ९ निजी स्वास्थ्य संस्था अनुगमन: मापदण्ड विपरीत सञ्चालन भएकालाई मुख्यमन्त्री सिंहको निर्देशन– बन्द गर्न आदेश
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजस्वास्थ्यहेडलाईन

निजगढका ९ निजी स्वास्थ्य संस्था अनुगमन: मापदण्ड विपरीत सञ्चालन भएकालाई मुख्यमन्त्री सिंहको निर्देशन– बन्द गर्न आदेश

समाचार अभियान
समाचार अभियान २०८१, २८ चैत्र शुक्रबार २०:३६ पाठक संख्या 488
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा – चैत २९ ।बाराको निजगढमा अवस्थित ९ वटा निजी स्वास्थ्य संस्थाहरूको अनुगमन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गरेका छन्। सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री सिंहले अनुगमनको क्रममा पत्ता लागेका विभिन्न अनियमितता सार्वजनिक गरेका छन्। उनले धेरै जसो संस्थाहरूले अस्पतालमा प्रयोग हुने उपकरण तथा संरचनाहरू प्रयोग गरेर औषधि पसल मात्र सञ्चालन गरिरहेको पाइएको बताएका छन्।

अनुगमनको क्रममा कतिपय संस्थाहरूले अस्पताल सेवा सञ्चालनका लागि आवश्यक अनुमतिपत्र नै नलिएको तथा सरकारले तोकेको मापदण्ड विपरीत सेवा दिइरहेको पाइएको छ। यसरी अनियमित रूपमा सञ्चालित संस्थाहरूले स्वास्थ्य सेवा प्रदान गर्नुको सट्टा नागरिकको जीवन र सुरक्षामाथि खेलवाड गरिरहेको मुख्यमन्त्री सिंहको भनाइ छ।

मुख्यमन्त्री सिंहले समाजिक सञ्जालमा लेख्दै भनेका छन्, “स्वास्थ्य सेवाको नाममा नियमविपरीत व्यवसाय सञ्चालन गरिँदै आएको पाइएको छ। जनताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित सेवा प्रदायक संस्थाहरू कुनै पनि हालतमा मापदण्डविपरीत सञ्चालन हुन दिइने छैन।” उनले अनुगमनबाट पत्ता लागेका कमजोरीको विवरण सम्बन्धित निकायहरूलाई बुझाइसकिएको जानकारीसमेत दिएका छन्।

सिंहले अनियमित रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूप्रति तत्काल कडाइका साथ कारबाही गर्न निर्देशन दिँदै आवश्यक प्रक्रिया पुरा नगरेका र मापदण्ड पूरा नगर्ने सबै स्वास्थ्य संस्थालाई बन्द गर्न स्पष्ट आदेश दिएका छन्।

अनुगमनपछि प्रदेश सरकार स्वास्थ्य क्षेत्रको सुधारका लागि थप प्रभावकारी उपायहरू अवलम्बन गर्न लागेको समेत संकेत मुख्यमन्त्री सिंहले दिएका छन्। उनले प्रदेशभरका अन्य स्थानीय तहमा समेत यस्ता अनुगमन अभियान चलाइने जनाएका छन्।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्नेलाई कानूनी दायरामा ल्याएर सार्वजनिक स्वास्थ्य सुरक्षामा सरकार प्रतिवद्ध रहेको उनले बताएका छन्। यस प्रकारका अनुगमनले स्वास्थ्य क्षेत्रलाई मर्यादित, विश्वसनीय र सेवामुखी बनाउने दिशामा टेवा पुर्याउने विश्वास गरिएको छ।

समाचार अभियान April 11, 2025 २०८१, २८ चैत्र शुक्रबार २०:३६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?