By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बारामा अन्तर विद्यालय छात्रा धिमा गति साइकल प्रतियोगिता सम्पन्न
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
खेल समाचारसमाचारहेडलाईन

बारामा अन्तर विद्यालय छात्रा धिमा गति साइकल प्रतियोगिता सम्पन्न

समाचार अभियान
समाचार अभियान २०८१, २३ फाल्गुन शुक्रबार २१:२८ पाठक संख्या 119
शेयर
2 मि. पढ्न लाग्ने समय
oplus_2
शेयर

बारा –फागुन – २३ ।  ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा बाराको महागढीमाइ नगरपालिकामा अन्तर विद्यालय छात्रा धिमा गति साइकल प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआइनकी करिणा चौधरी प्रथम भएकी छन्।

गढीमाइ महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयकी अनुकुमारी जैसवाल द्वितीय स्थान हासिल गरेकी छन् भने तेस्रो स्थानमा सोही विद्यालयकी शर्मिला पटेल पुगेकी छन्।

पालिकाका ७ विद्यालयका छात्राहरु प्रतिस्पर्धामा सहभागी भएका थिए। आन्तरिक छनोट प्रक्रियाबाट १४ जना छात्रा अन्तिम प्रतियोगिताका लागि चयन भएका थिए।

विजेताहरुलाई आकर्षक पुरस्कार
प्रतियोगितामा प्रथम हुने छात्रालाई साढे ७ हजार रुपैयाँ मूल्य बराबरको साइकल प्रदान गरिएको छ। द्वितीय स्थान हासिल गर्नेलाई ५ हजार रुपैयाँको ब्यागसहित स्टेशनरी तथा तृतीय स्थान प्राप्त गर्नेलाई ३ हजार रुपैयाँको स्टेशनरी, शील, र प्रमाणपत्र प्रदान गरिएको छ। अन्य सहभागी छात्राहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।

छात्रा सशक्तीकरणका लागि आयोजना
जनजागरण युवा क्लबको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता इस्लामिक रिलिफ नेपाल तथा इस्लामिक रिलिफ क्यानडाको आर्थिक सहयोगमा सम्पन्न भएको हो। प्रतियोगिताको उद्देश्य छात्राहरुको मनोबल अभिवृद्धि गर्नुका साथै अभिभावकलाई छोरी शिक्षाको महत्वबारे सचेत गराउनु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा महागढीमाई नगरपालिकाका शिक्षा शाखाका प्रमुख रामबिश्वास चौरासी, श्री गढीमाई प्राबिधिक नमुना माध्यमिक बिधालयका प्रधानाध्यापक ध्रबेन्द्र यादव ,दिनेश कुशवहा, मनोज साह गोठ,
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रधानाध्यापक ज्यू वडा सदस्यहरु,जनजागरण यूवा कलबका कोषाध्यक्ष सीयाराम यादव लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन लक्ष्मी खरेलले गरेको थियो ।

समाचार अभियान March 7, 2025 २०८१, २३ फाल्गुन शुक्रबार २१:२८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?