बारा –फागुन – २३ । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा बाराको महागढीमाइ नगरपालिकामा अन्तर विद्यालय छात्रा धिमा गति साइकल प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआइनकी करिणा चौधरी प्रथम भएकी छन्।
गढीमाइ महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयकी अनुकुमारी जैसवाल द्वितीय स्थान हासिल गरेकी छन् भने तेस्रो स्थानमा सोही विद्यालयकी शर्मिला पटेल पुगेकी छन्।
पालिकाका ७ विद्यालयका छात्राहरु प्रतिस्पर्धामा सहभागी भएका थिए। आन्तरिक छनोट प्रक्रियाबाट १४ जना छात्रा अन्तिम प्रतियोगिताका लागि चयन भएका थिए।
विजेताहरुलाई आकर्षक पुरस्कार
प्रतियोगितामा प्रथम हुने छात्रालाई साढे ७ हजार रुपैयाँ मूल्य बराबरको साइकल प्रदान गरिएको छ। द्वितीय स्थान हासिल गर्नेलाई ५ हजार रुपैयाँको ब्यागसहित स्टेशनरी तथा तृतीय स्थान प्राप्त गर्नेलाई ३ हजार रुपैयाँको स्टेशनरी, शील, र प्रमाणपत्र प्रदान गरिएको छ। अन्य सहभागी छात्राहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।
छात्रा सशक्तीकरणका लागि आयोजना
जनजागरण युवा क्लबको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता इस्लामिक रिलिफ नेपाल तथा इस्लामिक रिलिफ क्यानडाको आर्थिक सहयोगमा सम्पन्न भएको हो। प्रतियोगिताको उद्देश्य छात्राहरुको मनोबल अभिवृद्धि गर्नुका साथै अभिभावकलाई छोरी शिक्षाको महत्वबारे सचेत गराउनु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा महागढीमाई नगरपालिकाका शिक्षा शाखाका प्रमुख रामबिश्वास चौरासी, श्री गढीमाई प्राबिधिक नमुना माध्यमिक बिधालयका प्रधानाध्यापक ध्रबेन्द्र यादव ,दिनेश कुशवहा, मनोज साह गोठ,
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रधानाध्यापक ज्यू वडा सदस्यहरु,जनजागरण यूवा कलबका कोषाध्यक्ष सीयाराम यादव लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन लक्ष्मी खरेलले गरेको थियो ।
