By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : हेटौंडा सिमेन्ट उधोगका अध्यक्ष भन्डारी द्वारा पदभार ग्रहण
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारहेडलाईन

हेटौंडा सिमेन्ट उधोगका अध्यक्ष भन्डारी द्वारा पदभार ग्रहण

समाचार अभियान
समाचार अभियान २०८१, ३० जेष्ठ बुधबार २०:४९ पाठक संख्या 349
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

मकवानपुर – जेष्ठ – सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले पदभार ग्रहण गर्नुभएको छ । यहि जेठ २४ गते ३ बर्षे कार्यकालका लागि अध्यक्ष नियुक्त हुनुभएका भण्डारीले बुधबार पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्नुहुँदै कर्मचारी, मजदुर, सरोकारवाला पक्षको साथ र सहयोगमा उद्योगलाई सुचारु गर्ने र प्रतिस्पर्धी बजारमा उद्योगलाई सशक्तरुपमा स्थापित गर्ने भण्डारीले प्रतिवद्धता व्यक्त गर्नुभयो । उद्योग नजिकै रहेर आफूले उद्योगको विषयमा धेरै कुरा जानकारी लिएको उल्लेख गर्नुहुँदै उद्योग समस्यामा पर्नुका कारण पहिचान गरेर सुधार गर्नुपर्ने पक्षका विषयमा अध्ययन गरेर अगाडि बढ्ने बताउनुभयो । अल्पकालिन र दीर्घकालिन सोँचका साथ काम गर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक बसन्त कुमार पाण्डेले कमजोर अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योग सन्चालनको योजनाको प्रस्ताव मन्त्रालयमा पुगेको जानकारी गराउनुभयो । सेवानिवृत्त कर्मचारीको भुक्तानी हुन नसकेको, नियमित सन्चालनमा पनि समस्या रहेको बताउनुहुँदै महाप्रबन्धक पाण्डेले मन्त्रालयका सचिव, मन्त्री र प्रधानमन्त्रीसम्म समस्या समाधानको लागि पहल भइरहेको जानकारी गराउनुभयो ।

उद्योग सञ्चालक समितिका सदस्य दिपेश कुमार शाहीले चुनौतिका चांगका बीचमा नयाँ अध्यक्ष नियुक्त हुनुभएको जानकारी गराउनुहुँदै चुनौतिका बाबजुद अवसर पनि रहेको बताउनुभयो । चालु पुँजीको अभाव नै उद्योगको प्रमुख समस्या भएको जीकिर गर्नुहुँदै नवनियुक्त अध्यक्ष स्थानीय समेत हुनुले उद्योगले पुनर्जीवन पाउनेमा उहाँ आशावादी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा हेटौँडा सिमेन्ट उद्योग सञ्चालक समितिका पूर्वअध्यक्ष श्रीधर पोखरेल, संविधान सभा सदस्य अनन्त प्रसाद पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका निवर्तमान अध्यक्ष रघुनाथ खुलाल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईलगायतले हेटौँडाको गौरवको रुपमा रहेको सिमेन्ट उद्योगलाई जीवितै राख्न, नियमित सन्चालन गर्न सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँहरुले कुनै बेला नाफामा गएको सिमेन्ट उद्योगलाई सुधार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । पदस्थापन कार्यक्रममा उद्योगका मजदुर, कर्मचारीलगायतको उपस्थिती थियो ।साभार

समाचार अभियान June 12, 2024 २०८१, ३० जेष्ठ बुधबार २०:४९
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी3
दुःखी0
आक्रोशित0

ताजा अपडेट

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र
राजनीति समाचार समाज हेडलाईन
२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा
राजनीति समाचार हेडलाईन
साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा
अर्थ समाचार समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी
अपराध समाचार समाज हेडलाईन
पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी
समाचार
सीमावर्ती क्षेत्रमा तस्करी–प्रहरी साँठगाँठको अडियो सार्वजनिक, मधेश प्रहरी माथि प्रश्नचिन्ह
समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र

April 22, 2026
राजनीतिसमाचारहेडलाईन

२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा

April 22, 2026
अर्थ समाचारसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा

April 22, 2026
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा

April 21, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?