बारा -जेष्ठ -जितपुरसिमरा उपमहानगरपालिकामा स्थानीयहरुले सडक र स्वास्थमा बर्षौं देखि झेल्दै आएको समस्या अन्त्य भएको जितपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले बताउनु भएको छ ।
पछिल्लो समय जितपुरसिमरा उपमहानगरपालिका स्थापन हुनु भन्दा अगाडि गाबिस पन्चाएत कालबाट स्थानीयहरुले बाटो घाटो सडक ढलान र नालाको अभावमा बर्षौं देखि सास्ती खेप्दौ आएको स्थानीयहरुलाई अहिले राहत भएको हो पन्चायत कालामा निर्माण गरिएको नाला ,सडकहरु जिर्ण हुदा बर्षाको समयमा सडक हिलोमय हुदा दिनहुँ सास्ती खेप्नु परेको थियो नाला र बाटोघाटो नहुदा सडकको पानी स्थानीयको घरमा प्रबेश गर्ने गर्थ्यो ।भने घामको समयमा धुलो खानु पर्थ्यो बाटोको अभावमा गाउँमा चार पाङ्ग्रे सवारी साधन एमबुलेन्स वडाहरुमा आउन सकिरहेका थिएन ।जस कारण बिरामीलाई चेक जांचको अभावमा गाउँ मै मृत्यु हुने गर्थ्यो तर जितपुरसिमरा उपमहा नगरपालिकामा नगरप्रमुख पदमा राजन पौडेलले निर्वाचित भएपछि आफ्नो कार्यकालमा गरेको बिकासबाट स्थानीय जनतालाई राहत भएकोछ ।स्थानीय हरुले बताउनु हुन्छ अहिले उपमहा नगरपालिकाको सम्पूर्ण वडाहरुमा रहेको सडकलाई फ्रकिलो बनाएर सडक ढलान गरिएको छ ।सडकको छेउछाउमा केही स्थानीयले अतिक्रम गरेर राखेका घर टहराहरु हटाएर नाला निर्माण गरिसकेका छन । सडक फ्राकिलो भएको हुनाले वडामा चार पाङ्ग्रे सवारी साधन आउन जान सहज भएको बताउनु भयो।
त्यस्तै जितपुरसिमरा उपमहानगरपालिकाको सबै वडामा रहेका सडकहरुलाई सदरमुकाम कलैया, निजगढ , कोलभी , सिमरौनगढ ,देवताल र ,पचरौता , सूवर्ण , बिरगंज, काठमाडौ पोखरी लगाएत नेपाल र भारतको बिभिन्न सडकसंग जोडिएकोछ ।स्थानीयलाई उपचार गराउन सहज हुने उदेश्यले उपमहानगरपालिकाको सबै वडामा स्वास्थ चौकीलाई सुधार गरि संचालन गरिएकोछ । वड र पालिकामा उपचार सम्भव नहुने बिरामीका लागि अर्को ठाउँमा उपचार गराउन लैजानको लागि करिब पाँच बर्ष देखि नि:शुल्क एमबुलेन्स संचालन गरिएको स्थानीयले बताउनु भएको छ । स्थानीयका अनुसार प्राणघातक बिरामीलाई समय समयमा आर्थिक सहयोग गर्दै आएको छ ।
विभिन्न राजनीति दलको परिचालनमा परेर केही स्थानीयले सडकलाई अतिक्रम गरेर लगाएका घर टहरालाई नहटाएको कारणले कुनै कुनै वडामा सडक ढलान फ्राकिलो हुन नसकेको जितपुरसिमरा उपमहानगरपालिका नगरप्रमुख राजन पौडेलले जनकारी गराउनु भएको छ ।
बिकास गर्ने क्रममा विभिन्न राजनीति दलले बिकास गर्ने ठाउँमा आफ्नो फाइदाको लागि झगडा लगाउने र बिकासमा बाधा पुर्याउने मधेस प्रदेशको प्राय पालिकामा यस्तो राजनीति चलिरहेका छन ।तर यस माथि सरकारले ध्यान दिनु जरुरी रहेको छ ।




