By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाजहेडलाईन

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी

समाचार अभियान
समाचार अभियान २०८३, ३ असार बुधबार २०:२३ पाठक संख्या 373
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा जेठ ३ । बाराको महागढीमाई नगरपालिका–१ मा एक किसानको व्यक्तिगत रिसीबीका कारण झिगुनी बाली नष्ट भएको छ ।पीडितले आरोप लगाउँदै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।

स्थानीय किसान नवलकिशोर प्रसाद कुशवाहाले आफूले करिब १० कठ्ठा जग्गामा लगाएको झिगुनी बाली केही व्यक्तिहरूद्वारा नष्ट गरिएको आरोप लगाएका हुन्। उनले उक्त बालीबाट दैनिक रूपमा तरकारी बिक्री गरी आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको बताएका छन्।

पीडित कुशवाहाका अनुसार झिगुनी खेतीका लागि उनले करिब ८० हजार रुपैयाँभन्दा बढी मूल्यको खर्च गरी रोपेका थिए। बाली राम्रो उत्पादन हुन थालेपछि त्यसबाट दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको थियो। तर व्यक्तिगत रिसीबीका कारण आफ्नो मेहनत र लगानीमाथि क्षति पुर्‍याइएको उनको भनाइ छ।

कुशवाहाले हेमन्त महतोको छोरा र ध्यानी महतोको छोरा सनोज कुशवाहा सहित केही व्यक्तिले आफ्नो खेतमा लगाइएको बाली नष्ट गरेको आरोप लगाएका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।

पीडितले आफूले जिल्ला प्रशासन कार्यालय तथा प्रहरीसमक्ष न्यायका लागि गुहार मागेको बताउँदै वास्तविक दोषीबाट क्षतिपूर्ति दिलाइदिन आग्रह गरेका छन्। उनले आफ्नो मुख्य आम्दानीको स्रोत नै नष्ट भएकाले परिवारको आर्थिक अवस्था संकटमा परेको गुनासो गरेका छन्।

“मैले ठूलो लगानी गरेर खेती गरेको थिएँ। त्यही खेतीबाट परिवार चलिरहेको थियो। बाली नष्ट भएपछि ठूलो आर्थिक क्षति भएको छ,” कुशवाहाले बताए।

उनले सम्बन्धित निकायबाट समयमै न्याय नपाए आफू थप मानसिक तनावमा परेर आत्मा हत्या गर्ने चेतावनी समेत दिएका छन्। जसको जिम्मेवार सम्बन्धि निकायले लिनु पर्ने छ ।

घटनाबारे आरोपित पक्षको प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय तथा सम्बन्धित निकायले घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको स्रोतले बताएको छ।

स्थानीय कृषकहरूले किसानको मेहनत र लगानीमाथि हुने यस्ता घटनाले कृषि पेशाप्रति निराशा बढाउने भन्दै निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा पीडितलाई न्याय दिलाउन सरोकारवाला निकायसँग माग गरेका छन्।

समाचार अभियान June 17, 2026 २०८३, ३ असार बुधबार २०:२३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग
अर्थ समाचार समाचार समाज हेडलाईन
दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल
राजनीति समाचार समाज हेडलाईन
करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
लोकप्रियताको लाभ आर्थिक रूपान्तरणमा लगाउनुपर्छ : गगन थापा
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताले मधेसको विकास सम्भव : गृहमन्त्री फकिरा महतो
राजनीति समाचार समाज हेडलाईन
महागढीमाईमा असारे विकासले बरियारपुर बजार अस्तव्यस्त, नगरपालिकाको पारदर्शिता माथि प्रश्न
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारसमाजहेडलाईन

व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग

June 17, 2026

दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र

June 17, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल

June 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा

June 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?