By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बोतलमा मूल्य नलेखिँदा ग्राहक ठगिँदै, घण्टाघर टेम्पु स्टेशन क्षेत्रमा बढी गुनासो
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बोतलमा मूल्य नलेखिँदा ग्राहक ठगिँदै, घण्टाघर टेम्पु स्टेशन क्षेत्रमा बढी गुनासो

समाचार अभियान
समाचार अभियान २०८३, २९ जेष्ठ शुक्रबार ०७:२२ पाठक संख्या 264
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

वीरगञ्ज, असार २९– पिउने पानीको बोतलमा बिक्री मूल्य (एमआरपी) उल्लेख नगरिँदा पर्साको वीरगञ्ज क्षेत्रमा उपभोक्ताहरू ठगिने गरेको गुनासो बढ्दै गएको छ। पानी कम्पनीले उत्पादन गरिएका चान्स पानीको बोतलहरूमा बिक्री मूल्य र उत्पादन मिति नलेखिएको पाइएपछि पसलेहरूले मनपरी रूपमा मूल्य निर्धारण गरी बिक्री गर्ने गरेको उपभोक्ताहरूले बताएका छन्।

उपभोक्ताहरूका अनुसार एउटै कम्पनीको एउटै आकारको पानीको बोतल कतै २० रुपैयाँमा बिक्री भइरहेको छ भने कतै २५ रुपैयाँसम्म असुल्ने गरिएको छ। बोतलमा मूल्य स्पष्ट रूपमा उल्लेख नभएकाले ग्राहकहरूले वास्तविक मूल्यबारे जानकारी नपाउँदा अतिरिक्त रकम तिर्न बाध्य हुने अवस्था सिर्जना भएको छ।

विशेषगरी वीरगञ्जको व्यस्त क्षेत्र घण्टाघरस्थित टेम्पु स्टेशन आसपासका पसलहरूमा यस्तो समस्या बढी देखिएको स्थानीयले बताएका छन्। दैनिक सयौं यात्रु ओहोरदोहोर गर्ने उक्त क्षेत्रमा यात्रुहरूलाई लक्षित गरी पानी, चिसोपेय तथा अन्य उपभोग्य वस्तुहरू बिक्री हुने गरेकाले मूल्य नलेखिएका सामानमा बढी शुल्क असुल्ने प्रवृत्ति बढेको गुनासो आएको हो।

यात्रुहरूले तत्काल आवश्यकताका कारण पानी खरिद गर्ने भए पनि मूल्यबारे प्रश्न उठाउँदा पसलेहरूले फरक–फरक जवाफ दिने गरेका छन्। कतिपय अवस्थामा उपभोक्ताले बिलसमेत नपाउने गरेको बताइएको छ। यसले उपभोक्ता अधिकारको समेत उल्लंघन भएको सरोकारवालाहरूको भनाइ छ।
उपभोक्ता अधिकारकर्मीहरूले उत्पादन गर्ने कम्पनीले प्रत्येक बोतलमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बताएका छन्। मूल्य उल्लेख नगरी बजारमा सामान पठाउनु कम्पनीको कमजोरी भएको उनीहरूको भनाइ छ। साथै खुद्रा विक्रेताले पनि मूल्य नदेखिएको बहानामा मनोमानी दरमा बिक्री गर्न नपाउने कानुनी व्यवस्था रहेको उनीहरूले स्मरण गराएका छन्।

स्थानीय उपभोक्ताहरूले बजार अनुगमन गर्ने निकाय, वाणिज्य तथा आपूर्ति कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित स्थानीय तहलाई तत्काल अनुगमन गर्न आग्रह गरेका छन्। मूल्य नलेखिएका उत्पादन बजारबाट हटाउने, कम्पनीलाई स्पष्टीकरण सोध्ने तथा बढी मूल्य लिने पसलेमाथि कारबाही गर्नुपर्ने मागसमेत उठेको छ।

उपभोक्ता हित संरक्षण तथा निष्पक्ष व्यापार सुनिश्चित गर्न उत्पादनदेखि बिक्रीसम्मको प्रक्रियामा कडाइ आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। बजारमा मूल्य पारदर्शिता कायम नभएसम्म उपभोक्ता ठगिने क्रम रोक्न कठिन हुने उनीहरूको भनाइ छ।

समाचार अभियान June 12, 2026 २०८३, २९ जेष्ठ शुक्रबार ०७:२२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी
अर्थ समाचार राजनीति समाज हेडलाईन
व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग
अर्थ समाचार समाचार समाज हेडलाईन
दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल
राजनीति समाचार समाज हेडलाईन
करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
लोकप्रियताको लाभ आर्थिक रूपान्तरणमा लगाउनुपर्छ : गगन थापा
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताले मधेसको विकास सम्भव : गृहमन्त्री फकिरा महतो
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाजहेडलाईन

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी

June 17, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग

June 17, 2026

दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र

June 17, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल

June 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?