By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सामाजिक सञ्जालमार्फत यौनधन्दा सञ्चालन गर्ने गिरोहका १६ जना पक्राउ, सर्लाहीका सुनिल तामाङ पनि नियन्त्रणमा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधराजनीतिसमाचारहेडलाईन

सामाजिक सञ्जालमार्फत यौनधन्दा सञ्चालन गर्ने गिरोहका १६ जना पक्राउ, सर्लाहीका सुनिल तामाङ पनि नियन्त्रणमा

समाचार अभियान
समाचार अभियान २०८३, २८ जेष्ठ बिहीबार ०७:२७ पाठक संख्या 18
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

सर्लाही , जेठ २८– रानी कुमारी गुप्ता ।सामाजिक सञ्जालको दुरुपयोग गर्दै यौनजन्य अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ निवासी ३४ वर्षीय सुनिल तामाङ समेत रहेका छन्।

महानगरीय प्रहरी वृत्त गौशालाले फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल प्रयोग गरी ग्राहक खोज्ने तथा विभिन्न होटलमा यौनजन्य गतिविधि गराउने गिरोहविरुद्ध विशेष निगरानी तथा अनुसन्धान सञ्चालन गरेको थियो। सोही क्रममा गिरोहमा संलग्न रहेको आरोपमा १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त समूहले सामाजिक सञ्जालमार्फत युवतीहरूको तस्बिर तथा भिडियो प्रयोग गरी ग्राहक आकर्षित गर्ने, त्यसपछि रकमको मोलमोलाइ गरी काठमाडौंको गौशाला र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा यौनजन्य गतिविधि सञ्चालन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा मकवानपुरका ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, २८ वर्षीय विवेक स्याङ्तान, काठमाडौं शम्भुमार्गका राजकुमार गौतम तथा पेमा लामा, अन्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमला माया लामा, फुर्वा माया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमा देवी गुरुङ र प्रिया तामाङ रहेका छन्।

प्रहरीले गिरोहको गतिविधिबारे केही समयदेखि निगरानी गरिरहेको जनाएको छ। अनुसन्धानका क्रममा सामाजिक सञ्जाललाई मुख्य माध्यम बनाएर ग्राहकसँग सम्पर्क गर्ने, भेटघाटको स्थान तय गर्ने तथा विभिन्न होटलमा सेवा उपलब्ध गराउने कार्य भइरहेको प्रमाण फेला परेको प्रहरीको दाबी छ।

यस्तै, प्रारम्भिक अनुसन्धानबाट गिरोहले ट्याक्सी तथा निजी सवारी साधन प्रयोग गरी महिलाहरूलाई ग्राहक भेट्न विभिन्न होटलसम्म पुर्‍याउने व्यवस्था मिलाउने गरेको समेत खुलेको छ। होटल सञ्चालक र अन्य व्यक्तिहरूको संलग्नताबारे पनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी हुने गैरकानुनी गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइने जनाएको छ। यस्ता गतिविधिले समाजमा नकारात्मक असर पार्ने भएकाले सूचना प्रविधिको माध्यमबाट हुने अपराध नियन्त्रणलाई प्राथमिकतामा राखिएको प्रहरीको भनाइ छ।

महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाको सम्पूर्ण सञ्जाल र संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान जारी रहेको छ। प्रहरीले यस्ता गैरकानुनी गतिविधिबारे जानकारी भए तत्काल सुरक्षा निकायलाई सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

समाचार अभियान June 11, 2026 २०८३, २८ जेष्ठ बिहीबार ०७:२७
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी
अर्थ समाचार राजनीति समाज हेडलाईन
व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग
अर्थ समाचार समाचार समाज हेडलाईन
दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल
राजनीति समाचार समाज हेडलाईन
करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
लोकप्रियताको लाभ आर्थिक रूपान्तरणमा लगाउनुपर्छ : गगन थापा
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताले मधेसको विकास सम्भव : गृहमन्त्री फकिरा महतो
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाजहेडलाईन

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी

June 17, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग

June 17, 2026

दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र

June 17, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल

June 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?