By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेश स्वास्थ्य निर्देशनालयमा औषधि खरिदमा अनियमितताको आरोप, राज्यलाई पौने दुई करोड घाटा भएको दाबी
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

मधेश स्वास्थ्य निर्देशनालयमा औषधि खरिदमा अनियमितताको आरोप, राज्यलाई पौने दुई करोड घाटा भएको दाबी

समाचार अभियान
समाचार अभियान २०८३, २५ जेष्ठ सोमबार ११:२८ पाठक संख्या 139
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, जेठ २५ । – मधेश स्वास्थ्य निर्देशनालयद्वारा नसर्ने रोग तथा मानसिक रोगसम्बन्धी औषधि खरिद प्रक्रियामा अनियमितता भएको आरोप सार्वजनिक भएको छ। सार्वजनिक खरिद ऐनविपरीत निश्चित आपूर्तिकर्तालाई फाइदा पुग्ने गरी ठेक्का प्रक्रिया अघि बढाइएको भन्दै राज्यलाई करिब पौने दुई करोड रुपैयाँ नोक्सानी भएको दाबी गरिएको छ।

निर्देशनालयले गत चैत ३० गते औषधि खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। उक्त बोलपत्रमा चार कम्पनीले प्रस्ताव पेश गरेका थिए। द मेडिटेक सोलुसन, काठमाडौंले करिब दुई करोड ९० लाख रुपैयाँ, मेडिसल फर्मा, भरतपुरले तीन करोड ४२ लाख रुपैयाँ, जीएच मेडिकलले चार करोड ७५ लाख रुपैयाँ तथा लभ मेडिकलले चार करोड ६६ लाख रुपैयाँको प्रस्ताव पेश गरेका थिए।

तर कम रकममा प्रस्ताव पेश गर्ने कम्पनीहरूलाई छनोट नगरी बढी रकम प्रस्ताव गर्ने लभ मेडिकललाई ठेक्का दिने प्रक्रिया अघि बढाइएको आरोप लागेको छ। यसले राज्यकोषमा ठूलो आर्थिक भार परेको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन्।

आपूर्तिकर्ता कम्पनीहरूमध्ये केहीले निर्देशनालयका कर्मचारी र निश्चित कम्पनीबीच मिलेमतो भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार बोलपत्र आह्वानपछि खरिद समितिले उत्पादक कम्पनीको अनुमति पत्र अनिवार्य गर्ने प्रावधान समावेश गरी प्रतिस्पर्धालाई सीमित बनाएको थियो। विशेषगरी फेनोबार्बिटोन, क्लोरप्रोमाजिन र डाइजेपामलगायतका औषधि खरिदमा यस्तो व्यवस्था राखिएको दाबी गरिएको छ।

यसका कारण अन्य कम्पनीहरू प्राविधिक मूल्याङ्कनबाट बाहिरिएको र अन्ततः निश्चित कम्पनीलाई लाभ पुग्ने वातावरण सिर्जना भएको आरोप छ। सम्बन्धित आपूर्तिकर्ताहरूले पटक–पटक एउटै कम्पनीहरूले ठेक्का पाउँदै आएको भन्दै निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्।

यसैबीच, भ्रष्टाचारविरुद्ध सक्रिय युवाहरूको समूह ‘जेन–जी फर एन्टी करप्सन’ ले औषधि खरिद प्रक्रियामा अनियमितता भएको आशंकासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दर्ता गरेको छ। निवेदनमा टेन्डर प्रक्रिया, प्राविधिक मूल्याङ्कन, छनोटका आधार, उत्पादक कम्पनीको स्वीकृतिपत्र तथा विश्व स्वास्थ्य संगठनको गुणस्तर प्रमाणपत्रलगायतका कागजातको स्वतन्त्र छानबिन गर्न माग गरिएको छ।

समूहले छानबिन सम्पन्न नहुँदासम्म विवादित खरिद प्रक्रिया, सम्झौता तथा भुक्तानी रोक्न आग्रह गरेको छ। साथै सार्वजनिक खरिद ऐन तथा प्रचलित कानुनअनुसार दोषी ठहरिए सम्बन्धित व्यक्ति र संस्थामाथि कारबाही गरी छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि गरिएको छ।

औषधि खरिदजस्तो संवेदनशील क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र गुणस्तर सुनिश्चित हुनुपर्नेमा जोड दिँदै सरोकारवालाहरूले निष्पक्ष अनुसन्धानको आवश्यकता औँल्याएका छन्।

समाचार अभियान June 8, 2026 २०८३, २५ जेष्ठ सोमबार ११:२८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी
अर्थ समाचार राजनीति समाज हेडलाईन
व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग
अर्थ समाचार समाचार समाज हेडलाईन
दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल
राजनीति समाचार समाज हेडलाईन
करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
लोकप्रियताको लाभ आर्थिक रूपान्तरणमा लगाउनुपर्छ : गगन थापा
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताले मधेसको विकास सम्भव : गृहमन्त्री फकिरा महतो
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाजहेडलाईन

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी

June 17, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग

June 17, 2026

दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र

June 17, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल

June 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?