By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सरकारी ‘कुरियर’ सेवा ६० जिल्लामा विस्तार राहदानीदेखि लाइसेन्ससम्म घरमै पुग्न थालेपछि नागरिकलाई सहज
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

सरकारी ‘कुरियर’ सेवा ६० जिल्लामा विस्तार राहदानीदेखि लाइसेन्ससम्म घरमै पुग्न थालेपछि नागरिकलाई सहज

समाचार अभियान
समाचार अभियान २०८३, १२ जेष्ठ मंगलवार १५:१० पाठक संख्या 12
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौं । जेठ १२ ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई सहज, छरितो र नागरिकमैत्री बनाउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार गरेको छ। हुलाक सेवा विभागमार्फत सञ्चालन भइरहेको यो सेवाले अहिले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत सरकारी कागजात नागरिकको घरदैलोमै पुर्‍याउने काम गरिरहेको छ।

हुलाक सेवा विभागका अनुसार सेवा विस्तारसँगै सरकारी कार्यालय धाउनुपर्ने नागरिकको झन्झट क्रमशः कम हुँदै गएको छ। विभागले सरकारी सेवा प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने लक्ष्यसहित सेवा प्रभावकारी बनाइएको जनाएको छ।

विभागकी महानिर्देशक मनमाया भट्टराई पँगेनीले सुरुआती चरणमा केही जिल्लाबाट आवश्यक सहयोग नपाए पनि अहिले अधिकांश जिल्लामा सेवा सुचारु र प्रभावकारी बनेको बताइन्। उनका अनुसार तल्लो तहसम्म संयन्त्र परिचालन गरी सेवा विस्तार गरिएकाले नागरिकलाई प्रत्यक्ष लाभ पुग्न थालेको छ।

“पहिले सामान्य सरकारी कागजात लिन पनि सेवाग्राहीले पटक–पटक कार्यालय पुग्नुपर्ने अवस्था थियो, अहिले त्यो बाध्यता हट्दै गएको छ,” उनले भनिन्।विभागले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म २८ हजार १६९ वटा राहदानी सम्बन्धित जिल्लामा ढुवानी गरिएको छ। तीमध्ये एक हजार ६३५ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको विभागले जनाएको छ।

राहदानी वितरण प्रक्रियालाई थप सहज बनाउन जिल्ला प्रशासन कार्यालयमै आवेदन दिने क्रममा सेवाग्राहीको ठेगाना संकलन गर्ने व्यवस्था लागू गरिएको छ। यसले कागजात सही व्यक्तिसम्म समयमै पुर्‍याउन सहयोग पुगेको विभागको दाबी छ।

सरकारी सेवा विस्तारलाई थप प्रभावकारी बनाउन विभागले अन्य संस्थासँग पनि सहकार्य अघि बढाएको छ। नेपाल टेलिकमसँग मिलेर सिमकार्ड घरमै पुर्‍याउने सेवा सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ।
त्यस्तै, मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा शैक्षिक प्रमाणपत्र ढुवानी सेवा सुरु भइसकेको छ भने नेपाल खुला विश्वविद्यालयसँग पनि प्रमाणपत्र ढुवानीसम्बन्धी छलफल जारी रहेको विभागले जनाएको छ।

सरकारले डिजिटल माध्यममार्फत सेवा प्रवाहलाई सरल र पहुँचयोग्य बनाउने नीति लिएको अवस्थामा हुलाक विभागको यो अभियानलाई सार्वजनिक सेवा सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

समाचार अभियान May 26, 2026 २०८३, १२ जेष्ठ मंगलवार १५:१०
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?