By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेशको अर्थतन्त्र संकटमा, आर्थिक वृद्धिदर देशकै सबैभन्दा कमजोर
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाजहेडलाईन

मधेशको अर्थतन्त्र संकटमा, आर्थिक वृद्धिदर देशकै सबैभन्दा कमजोर

समाचार अभियान
समाचार अभियान २०८३, ७ जेष्ठ बिहीबार ०८:३६ पाठक संख्या 90
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, जेठ ७ ।चालु आर्थिक वर्ष २०८२/०८३ मा मधेश प्रदेशको अर्थतन्त्र देशकै सबैभन्दा कमजोर अवस्थामा पुगेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । कृषि उत्पादनमा आएको गिरावट, उद्योग–व्यवसायको सुस्त विस्तार, कमजोर लगानी वातावरण तथा सार्वजनिक सेवा क्षेत्रको न्यून गतिशीलताका कारण प्रदेशको आर्थिक वृद्धिदर सातै प्रदेशमध्ये सबैभन्दा कम रहेको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालय जनकपुरधामद्वारा सार्वजनिक प्रादेशिक लेखा तथ्याङ्कअनुसार मधेश प्रदेशको आर्थिक वृद्धिदर चालु आवमा केवल १.३१ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो । एक वर्षमै वृद्धिदर तीन प्रतिशतभन्दा बढीले घट्नु प्रदेशको अर्थतन्त्र गम्भीर दबाबमा परेको संकेत मानिएको छ ।
राष्ट्रिय स्तरमा भने चालु आवको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ । यस आधारमा मधेश प्रदेश राष्ट्रिय औसतभन्दा निकै पछाडि परेको देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्यांक अधिकारी शिवनारायण महतोका अनुसार मधेश प्रदेशको कृषिक्षेत्रमै ऋणात्मक वृद्धि देखिएकाले समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको हो । उनका अनुसार कृषि उत्पादनमा आएको गिरावटले व्यापार, सेवा तथा उत्पादन क्षेत्रलाई समेत कमजोर बनाएको छ ।
तथ्याङ्कअनुसार चालु आवमा सबैभन्दा उच्च आर्थिक वृद्धिदर बागमती प्रदेशको ५.४० प्रतिशत रहने अनुमान गरिएको छ भने गण्डकी प्रदेशको वृद्धिदर ५.०१ प्रतिशत रहनेछ । कोशी प्रदेशको ३.३१ प्रतिशत, लुम्बिनीको २.८७ प्रतिशत, कर्णालीको २.९४ प्रतिशत तथा सुदूरपश्चिमको ३.३८ प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ ।

आर्थिक आकारका हिसाबले मधेश प्रदेश देशको चौथो ठूलो अर्थतन्त्र भए पनि वृद्धिदरमा भने सबैभन्दा कमजोर देखिएको हो । चालु आवमा नेपालको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यसमध्ये मधेश प्रदेशको योगदान ८ खर्ब ६३ अर्ब रुपैयाँ अर्थात् १३.१ प्रतिशत रहने अनुमान छ ।
विशेषज्ञहरूका अनुसार मधेश प्रदेशको अर्थतन्त्र मुख्यतः कृषि र साना व्यापारमा आधारित भएकाले मौसमीय असन्तुलन, समयमा मल–बीउको अभाव, सिंचाइ समस्या तथा बजार व्यवस्थापन कमजोर हुँदा प्रदेशको अर्थतन्त्र प्रत्यक्ष प्रभावित हुने गरेको छ ।

मधेश प्रदेशमा व्यापार क्षेत्र दोस्रो ठूलो आर्थिक गतिविधिका रूपमा रहे पनि अपेक्षित विस्तार हुन नसक्दा आर्थिक वृद्धिमा सुधार आउन नसकेको विश्लेषण गरिएको छ । औद्योगिक पूर्वाधार कमजोर हुनु, निजी क्षेत्रको लगानी न्यून रहनु तथा रोजगारी सिर्जनामा अपेक्षित प्रगति हुन नसक्नु पनि आर्थिक सुस्तताका कारण मानिएको छ ।

प्रतिव्यक्ति आम्दानीका हिसाबले पनि मधेश प्रदेश राष्ट्रिय औसतभन्दा निकै तल रहेको छ । चालु आवमा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको भए पनि मधेश प्रदेशको प्रतिव्यक्ति आम्दानी ९३४ अमेरिकी डलर मात्र रहने अनुमान छ ।

अर्थशास्त्रीहरूले मधेश प्रदेशको आर्थिक सुधारका लागि कृषि आधुनिकीकरण, उद्योग प्रवर्द्धन, पूर्वाधार विकास तथा सीमावर्ती व्यापार व्यवस्थापनमा केन्द्रित दीर्घकालीन नीति आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार उत्पादनशीलता वृद्धि र रोजगारी सिर्जनामा ध्यान नदिइए प्रदेशको आर्थिक अवस्था अझ कमजोर बन्न सक्ने जोखिम रहेको छ ।

समाचार अभियान May 21, 2026 २०८३, ७ जेष्ठ बिहीबार ०८:३६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?