By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचार

पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी

समाचार अभियान
समाचार अभियान २०८३, ८ बैशाख मंगलवार २२:५९ पाठक संख्या 50
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा बैशाख ८ । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्ग अन्तर्गत पथलैयादेखि चुरियामाईसम्म फैलिएका अनधिकृत संरचनाहरू हटाउन पुनः कडा चेतावनी दिएको छ। कार्यालयले सडक सीमाभित्र बनेका घर, टहरा तथा अन्य संरचनाहरू तीन दिनभित्र हटाउन अल्टिमेटम जारी गरेको हो।

यसअघि पनि विभिन्न मितिमा सूचना जारी गरिँदा समेत अटेर गरिएको भन्दै कार्यालयले वैशाख १० गतेसम्म अन्तिम समयसीमा तोकेको जनाएको छ। २०७३ मंसिर १८ र २०८० असार ९ गते समेत यस्तै प्रकृतिका सूचना जारी गरिए पनि स्थानीयस्तरमा त्यसको पालना नभएकाले पुनः अन्तिम सूचना जारी गर्नुपरेको कार्यालयको भनाइ छ।

डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीद्वारा वैशाख ७ गते जारी सूचनामा पथलैया–चुरियामाई सडकखण्ड अन्तर्गत ३ नम्बर पुलदेखि चुरियामाई मन्दिर क्षेत्रसम्म सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५/२५ मिटरभित्र पर्ने सम्पूर्ण संरचना हटाउन स्पष्ट निर्देशन दिइएको छ। उक्त क्षेत्र सार्वजनिक सडक सीमाभित्र पर्ने भएकाले त्यहाँ कुनै पनि प्रकारको निजी निर्माण अवैध मानिने उल्लेख गरिएको छ।

कार्यालयका अनुसार सडक विस्तार, मर्मत तथा यातायात सञ्चालनलाई सहज बनाउनका लागि यस्तो कदम चालिएको हो। सडक किनारामा जथाभावी बनेका संरचनाले दुर्घटनाको जोखिम बढाउनुका साथै यातायात व्यवस्थापनमा समस्या सिर्जना गर्दै आएको बताइएको छ।

सूचनामा तोकिएको समयभित्र स्वेच्छिक रूपमा संरचना नहटाए कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ। सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित अन्य कानुन अनुसार बल प्रयोग गरेर पनि संरचना हटाइने र सम्बन्धित व्यक्तिबाट क्षतिपूर्ति समेत असुल गरिने जनाइएको छ।

स्थानीय बासिन्दालाई समयमै सचेत भई आफ्ना संरचना हटाउन आग्रह गर्दै कार्यालयले अटेर गरेमा थप कडाइ गरिने संकेत दिएको छ। यस कदमले आगामी दिनमा सडक क्षेत्रको अतिक्रमण नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

समाचार अभियान April 21, 2026 २०८३, ८ बैशाख मंगलवार २२:५९
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

अवैध सम्पत्ति आर्जन आरोपमा पूर्व निमित्त प्रमुख यादव विरुद्ध भ्रष्टाचार मुद्दा
अपराध अर्थ समाचार समाचार समाज हेडलाईन
नेपालमा साइबर अपराध तीव्र वृद्धि, नियन्त्रणमा चुनौती: आईजीपी कार्की
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन नीतिविरुद्ध बारामा पत्रकारको विरोध, प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेशमा ध्वनि प्रदूषण नियन्त्रण कडाइ: डिजेल साउन्ड उपकरणमा रोक, स्थानीय तहलाई सक्रिय बन्न गृह मन्त्री महतोको निर्देशन
समाचार
उच्च अदालत जनकपुरको फैसला : धनकौल–५ का वडाध्यक्ष गजेन्द्र महतो सहित ८ जना निर्दोष
अपराध राजनीति समाचार समाज हेडलाईन
ग्रामीण परिवेश चिर्दै इतिहास रचिन् प्रीति शाहले, बाराकी पहिलो महिला अधिवक्ता
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अपराधअर्थ समाचारसमाचारसमाजहेडलाईन

अवैध सम्पत्ति आर्जन आरोपमा पूर्व निमित्त प्रमुख यादव विरुद्ध भ्रष्टाचार मुद्दा

April 23, 2026
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

नेपालमा साइबर अपराध तीव्र वृद्धि, नियन्त्रणमा चुनौती: आईजीपी कार्की

April 23, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन नीतिविरुद्ध बारामा पत्रकारको विरोध, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

April 23, 2026
समाचार

मधेशमा ध्वनि प्रदूषण नियन्त्रण कडाइ: डिजेल साउन्ड उपकरणमा रोक, स्थानीय तहलाई सक्रिय बन्न गृह मन्त्री महतोको निर्देशन

April 23, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?