By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेशमा ध्वनि प्रदूषण नियन्त्रण कडाइ: डिजेल साउन्ड उपकरणमा रोक, स्थानीय तहलाई सक्रिय बन्न गृह मन्त्री महतोको निर्देशन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचार

मधेशमा ध्वनि प्रदूषण नियन्त्रण कडाइ: डिजेल साउन्ड उपकरणमा रोक, स्थानीय तहलाई सक्रिय बन्न गृह मन्त्री महतोको निर्देशन

समाचार अभियान
समाचार अभियान २०८३, १० बैशाख बिहीबार २२:३३ पाठक संख्या 116
शेयर
4 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, वैशाख १०। रानी कुमारी गुप्ता ।मधेश प्रदेश सुरक्षा समितिको बुधबार बसेको बैठकले सार्वजनिक स्थलमा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्न डिजेलबाट चल्ने साउन्ड सिस्टम लगायतका उपकरण प्रयोगमा रोक लगाउने महत्वपूर्ण निर्णय गरेको छ। गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षतामा बसेको बैठकले सुरक्षा निकायसँग समन्वय गरी यस्ता सामग्रीको प्रयोग नियन्त्रण गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको हो।

सर्वसाधारणबाट ध्वनि प्रदूषणसम्बन्धी व्यापक गुनासो आएपछि मन्त्रालयले कडा कदम चालेको जनाएको छ। बैठकले मधेश प्रदेश भवन परिसरको समग्र सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण गर्दै १५ दिनभित्र विस्तृत सुरक्षा मापदण्ड तयार पार्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ। उक्त मापदण्ड तयार भएपछि आवश्यक प्रक्रिया पूरा गरी स्वीकृतिका लागि अघि बढाइने जनाइएको छ।

त्यसैगरी, गुठीको जग्गा संरक्षणका लागि अभिलेख अद्यावधिक गर्न र अतिक्रमण भएको अवस्थामा कानुनी कारबाही अघि बढाउन गुठी संस्थान शाखा कार्यालय जनकपुरलाई स्पष्ट कार्ययोजना बनाउन निर्देशन दिइएको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयका सूचना अधिकारी राधेशकर पालका अनुसार गुठी जग्गा संरक्षणका लागि सरोकारवाला निकाय र सुरक्षा निकायबीच समन्वयलाई थप सुदृढ गरिनेछ।

बैठकले स्थानीय तहलाई बजार तथा फुटपाथ व्यवस्थापनमा कडाइ गर्न र अनधिकृत संरचना हटाउने कार्यमा सुरक्षा निकायले सहयोग गर्ने निर्णय पनि गरेको छ। साथै, जनकपुरधाम परिक्रमा मार्ग तथा सडक क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा पसलहरूको यकिन विवरण ३० दिनभित्र उपलब्ध गराउन जनकपुरधाम उपमहानगरपालिकालाई आग्रह गरिएको छ। बैठकमा चारवटै सुरक्षा निकायका प्रदेश प्रमुख, वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यसैबीच, रौतहटको माधवनारायण नगरपालिकाले पनि ध्वनि प्रदूषण नियन्त्रणका लागि सक्रियता देखाएको छ। ‘हेलो सरकार’ लगायत विभिन्न माध्यमबाट गुनासो बढेपछि नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै राति १० बजेदेखि बिहान ६ बजेसम्म माइक, स्पिकर तथा डिजेल उपकरण प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। नगरप्रमुख बैजनाथ प्रसाद यादवका अनुसार डिबारथान क्षेत्रमा लगातार १५ दिनसम्म सञ्चालन गरिएको धार्मिक कार्यक्रममा चर्को आवाजका कारण स्थानीय बासिन्दाले गम्भीर समस्या भोग्नुपरेको थियो।
स्थानीयका अनुसार लामो समयसम्म उच्च ध्वनिका कारण निद्रामा समस्या, मानसिक तनाव तथा स्वास्थ्यमा असर परेको छ। स्थानीय दुर्गादेवी रामले निरन्तर ध्वनि प्रदूषणका कारण ज्येष्ठ नागरिक र महिलामा मुटुको धड्कन बढ्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको बताउनुभयो। यस्तै, स्थानीय रमेश यादवका अनुसार विवाह, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा साउन्ड सिस्टमको अत्यधिक प्रयोगले विद्यार्थीको अध्ययनदेखि सर्वसाधारणको दैनिक जीवनसम्म प्रभावित बनेको छ।
नगरपालिकाले अब विवाह, धार्मिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित वडा कार्यालयबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधान अनिवार्य गरेको छ। साथै, अन्य समयमा पनि अनावश्यक रूपमा चर्को आवाजमा साउन्ड सिस्टम प्रयोग नगर्न आग्रह गरिएको छ।

उता, सप्तरीमा पनि ध्वनि प्रदूषणको समस्या गम्भीर बन्दै गएको छ। राजविराज नगरपालिका क्षेत्रमा विवाह सिजनसँगै लाउडस्पिकर र साउन्ड बक्सको अत्यधिक प्रयोगले सर्वसाधारण प्रभावित भएका छन्। स्वास्थ्यकर्मी रामेश साहका अनुसार सामान्यतया ४५ देखि ६० डेसिवलसम्मको ध्वनि मानव स्वास्थ्यका लागि उपयुक्त हुन्छ, तर त्योभन्दा बढी ध्वनि लगातार सुन्दा मानसिक तनाव, उच्च रक्तचाप र अन्य स्वास्थ्य समस्या निम्तिन सक्छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी दुबराज पोखरेलले ध्वनि प्रदूषण नियन्त्रणमा चुनौती रहेको स्वीकार गर्दै ‘आफ्नो पालामा चर्को आवाजमा कार्यक्रम गर्ने तर अरूको पालामा उजुरी गर्ने’ प्रवृत्तिले समस्या झन् जटिल बनेको बताउनुभयो।

समग्रमा, मधेश प्रदेशभर ध्वनि प्रदूषण नियन्त्रणका लागि सरकारी निकायहरू सक्रिय देखिए पनि प्रभावकारी कार्यान्वयन र जनचेतना अभिवृद्धि अझै आवश्यक देखिएको छ।

समाचार अभियान April 23, 2026 २०८३, १० बैशाख बिहीबार २२:३३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

अवैध सम्पत्ति आर्जन आरोपमा पूर्व निमित्त प्रमुख यादव विरुद्ध भ्रष्टाचार मुद्दा
अपराध अर्थ समाचार समाचार समाज हेडलाईन
नेपालमा साइबर अपराध तीव्र वृद्धि, नियन्त्रणमा चुनौती: आईजीपी कार्की
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन नीतिविरुद्ध बारामा पत्रकारको विरोध, प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
उच्च अदालत जनकपुरको फैसला : धनकौल–५ का वडाध्यक्ष गजेन्द्र महतो सहित ८ जना निर्दोष
अपराध राजनीति समाचार समाज हेडलाईन
ग्रामीण परिवेश चिर्दै इतिहास रचिन् प्रीति शाहले, बाराकी पहिलो महिला अधिवक्ता
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र
राजनीति समाचार समाज हेडलाईन
२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा
राजनीति समाचार हेडलाईन

संबंधित समाग्री

अपराधअर्थ समाचारसमाचारसमाजहेडलाईन

अवैध सम्पत्ति आर्जन आरोपमा पूर्व निमित्त प्रमुख यादव विरुद्ध भ्रष्टाचार मुद्दा

April 23, 2026
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

नेपालमा साइबर अपराध तीव्र वृद्धि, नियन्त्रणमा चुनौती: आईजीपी कार्की

April 23, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन नीतिविरुद्ध बारामा पत्रकारको विरोध, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

April 23, 2026
अपराधराजनीतिसमाचारसमाजहेडलाईन

उच्च अदालत जनकपुरको फैसला : धनकौल–५ का वडाध्यक्ष गजेन्द्र महतो सहित ८ जना निर्दोष

April 23, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?