By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर

समाचार अभियान
समाचार अभियान २०८३, ७ बैशाख सोमबार ०८:२७ पाठक संख्या 78
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा —बैशाख ७। नेपाल सरकारले भारतसँगको सिमानामा कडाइ गरेपछि त्यसको प्रत्यक्ष असर बजारमा देखिन थालेको छ। विशेषगरी प्रशोधित पानी उद्योगमा कच्चा पदार्थ र ढुवानीमा समस्या उत्पन्न भएको भन्दै नेपाल पानी उद्योग महासंघले पानीको मूल्यमा ४० प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको छ।

उद्योगीहरूका अनुसार सिमानामा कडाइका कारण प्लास्टिकका बोतल, केमिकल तथा अन्य आवश्यक सामग्रीको आयातमा ढिलाइ र लागत वृद्धि भएको छ। यसले उत्पादन खर्च बढाएको भन्दै मूल्य समायोजन गर्नु बाध्यात्मक भएको महासंघले जनाएको छ। नयाँ मूल्यसूची लागू भएसँगै बजारमा बोतल तथा जार पानीको मूल्य एकाएक बढेको छ।

यसअघि नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सवारी भाडा वृद्धि र खाद्यान्नको महँगीले थलिएको आम उपभोक्तामाथि पानीको मूल्य वृद्धि थप बोझ बनेको छ। पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य निरन्तर उकालो लागिरहँदा जनजीवन झन् कष्टकर बन्दै गएको छ।

स्थानीय उपभोक्ताहरूले सरकारको नीति तथा बजार अनुगमन कमजोर हुँदा व्यवसायीहरूले मनपरी मूल्य वृद्धि गरेको आरोप लगाएका छन्। “दैनिक गुजारा चलाउनै गाह्रो भइरहेको छ, अब पानी जस्तो आधारभूत आवश्यकतामा पनि यति धेरै मूल्य बढ्नु दुःखद हो,” एक उपभोक्ताले गुनासो गरे।

बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमाथि पनि बजार नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लाग्न थालेको छ। नागरिकहरूले मूल्यवृद्धि रोक्न ठोस पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

यता, विपक्षी दलहरूको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ। जनताको मत लिएर पटक–पटक सरकारमा पुगेका दलहरू वर्तमान महँगी र जनताको समस्याप्रति मौन बसेको भन्दै आलोचना भइरहेको छ। बजारमा चरम मूल्यवृद्धि हुँदा पनि प्रभावकारी विरोध वा समाधानको पहल नदेखिएको सर्वसाधारणको गुनासो छ।

विशेषगरी न्यून आय भएका तथा विपन्न वर्गका नागरिकहरू महँगीको मारमा सबैभन्दा बढी परेका छन्। एक छाक खाना जुटाउनसमेत कठिनाइ भइरहेको अवस्था सिर्जना भएको भन्दै नागरिकहरूले सरकारसँग तत्काल मूल्य नियन्त्रण, अनुगमन र राहत कार्यक्रम ल्याउन माग गरेका छन्।

सरकारले भने सिमानामा कडाइ राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको बताउँदै बजारमा देखिएको समस्याको समाधानका लागि पहल भइरहेको जनाएको छ। तर, बढ्दो महँगीले जनतामा निराशा र असन्तुष्टि झन् बढ्दै गएको देखिन्छ।

समाचार अभियान April 20, 2026 २०८३, ७ बैशाख सोमबार ०८:२७
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन
अर्थ समाचार समाचार समाज हेडलाईन
मूल्यवृद्धिको मारः जनजीवन कष्टकर बन्दै
लेख / विचार
१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेशको गृह,मन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई २० थान सेलिङ्ग पंखा हस्तान्तरण
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,

April 20, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

मधेशको गृह,मन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई २० थान सेलिङ्ग पंखा हस्तान्तरण

April 20, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?