By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेशको गृह,मन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई २० थान सेलिङ्ग पंखा हस्तान्तरण
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

मधेशको गृह,मन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई २० थान सेलिङ्ग पंखा हस्तान्तरण

समाचार अभियान
समाचार अभियान २०८३, ७ बैशाख सोमबार ०८:०२ पाठक संख्या 82
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम — बैशाख ७ ।रानी कुमारी ।मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामलाई २० थान सेलिङ्ग पंखा हस्तान्तरण गर्नुभएको छ। उक्त सामग्री मधेस प्रदेशको डि आईजी गोविन्द थापालियाललाई हस्तान्तरण गरिएको हो।

मधेश प्रदेश प्रहरी कार्यालयको नव निर्मित भवनमा आवश्यक भौतिक पूर्वाधार अझै पूर्णरूपमा व्यवस्थापन हुन नसक्दा कार्यसम्पादनमा समस्या देखिएको थियो। विशेषगरी कोठाहरूमा सेलिङ्ग पंखाको अभावका कारण कर्मचारीहरूले गर्मीका कारण असहज वातावरणमा काम गर्नुपरेको अवस्था थियो। सोही समस्यालाई ध्यानमा राख्दै मन्त्री महतोले तुरुन्तै सहयोग उपलब्ध गराउन पहल गर्नुभएको हो। हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री महतोले सुरक्षाकर्मीहरूको कार्यक्षमता र मनोबल उच्च राख्न भौतिक सुविधा अपरिहार्य रहेको बताउनुभयो। “प्रहरी संगठन राज्यको महत्त्वपूर्ण अंग हो, वहाँहरूको कार्य वातावरण सहज बनाउन प्रदेश सरकार सधैं तत्पर छ,” उहाँले भन्नुभयो। साथै, आगामी दिनमा थप आवश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

डीआईजी थापालियाले मन्त्री महतोप्रति आभार व्यक्त गर्दै यस सहयोगले कार्यालयको दैनिक कामकाजमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “साना देखिने यस्ता आवश्यक सामग्रीले पनि काम गर्ने वातावरणमा ठूलो प्रभाव पार्दछ, जसले सेवा प्रवाहलाई प्रभावकारी बनाउँछ।”

स्थानीय तह र प्रदेश सरकारबीच समन्वय गर्दै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने कार्यमा मधेश प्रदेश सरकार सक्रिय देखिएको छ। पछिल्लो समय विभिन्न जिल्लामा प्रहरी कार्यालयहरूको स्तरोन्नति तथा आवश्यक सामग्री व्यवस्थापनमा प्रदेश सरकारले चासो दिँदै आएको छ।

यस सहयोगलाई स्थानीय स्तरमा सकारात्मक रूपमा लिइएको छ। सर्वसाधारणले पनि यस्ता कार्यले सरकारी निकायप्रतिको विश्वास बढ्ने अपेक्षा व्यक्त गरेका छन्। मन्त्री महतोको यो पहललाई जनउत्तरदायी र व्यवहारिक कदमका रूपमा हेरिएको छ।

समाचार अभियान April 20, 2026 २०८३, ७ बैशाख सोमबार ०८:०२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन
अर्थ समाचार समाचार समाज हेडलाईन
बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मूल्यवृद्धिको मारः जनजीवन कष्टकर बन्दै
लेख / विचार
१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,

April 20, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै

April 20, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?