By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

समाचार अभियान
समाचार अभियान २०८२, २३ चैत्र सोमबार २०:३४ पाठक संख्या 162
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

बारा चैत २३ श्रीकान्त गुप्ता । करिब दुई तिहाइको दम्भबाट बनेको बालेन सरकार पुनः एकपटक संसद, पारदर्शिता र आर्थिक उत्तरदायित्वको प्रश्नमा घेरिएको छ। प्रतिनिधि सभालाई प्रभावकारी रूपमा बेवास्ता गर्दै अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट र दिगो तथा समावेशी वित्त परियोजना का लागि करिब ९५ मिलियन अमेरिकी डलर सहुलियत ऋण लिने निर्णय गरेपछि प्रतिनिधि सभा बैठकमै चर्को विरोध भएको छ।

सरकारले एशियाली विकास बैंकबाट ४० मिलियन डलर, विश्व बैंकबाट ५० मिलियन डलर तथा अर्को वित्तीय परियोजनासहित ठूलो परिमाणको विदेशी ऋण स्वीकृतिको प्रक्रिया अघि बढाएको विषयले संसदभित्र मात्र होइन, बाहिर पनि गम्भीर बहस जन्माएको छ। आलोचकहरूले यसलाई “विकास” को आवरणमा मुलुकलाई ऋणको जालमा धकेल्ने प्रयासका रूपमा चित्रण गरेका छन्।

प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सरकारको निर्णयमाथि कडा प्रश्न उठाउँदै संसदलाई जानकारी नदिई ऋण सम्झौताको बाटो खोलिनु लोकतान्त्रिक पद्धतिमाथिकै अवहेलना भएको बताइन्। उनले स्पष्ट शब्दमा भनिन्— “ऋणबाट घर र देश बन्दैन, देश बनाउन उत्पादन र कमाइ चाहिन्छ।” ओलीको भनाइले अहिलेको आर्थिक यथार्थलाई ठ्याक्कै छोएको धेरैको बुझाइ छ।

सरकारले “डिजिटल नेपाल”, “समावेशी वित्त”, “संरचनागत सुधार” जस्ता आकर्षक शब्द प्रयोग गरेर विदेशी ऋणलाई विकासको नाममा वैधता दिन खोजेको आरोप पनि बढ्दो छ। तर प्रश्न उठिरहेको छ— देशमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगारी र उत्पादन क्षेत्र संकटमा रहेको बेला फेरि ऋण नै किन पहिलो विकल्प बनाइयो ? डिजिटल पूर्वाधारका नाममा ऋण लिने सरकारसँग त्यसको प्रतिफल, पारदर्शिता, कार्यान्वयन क्षमता र जनताले पाउने प्रत्यक्ष लाभबारे स्पष्ट उत्तर छैन।

आलोचकहरूको भनाइमा, सरकारले विदेशी दातृ निकायहरूको प्राथमिकतालाई राष्ट्रिय आवश्यकताभन्दा माथि राख्न थालेको संकेत यस निर्णयले दिएको छ। देशभित्र उद्योग, कृषि, सूचना प्रविधि र नवप्रवर्तनलाई आफ्नै स्रोत, निजी लगानी र आन्तरिक राजस्व व्यवस्थापनबाट अघि बढाउनु पर्नेमा सजिलो बाटो खोज्दै विदेशी ऋणमा आश्रित बन्ने प्रवृत्ति खतरनाक बन्दै गएको छ।

यसले अर्को गम्भीर प्रश्न पनि उठाएको छ— के नेपाल अब नीति निर्माणमा आत्मनिर्भर रहन सकेको छ, वा दातृ संस्थाको परियोजना-केन्द्रित एजेन्डामै सीमित हुन थालेको छ ? यदि संसदलाई जानकारी नै नदिई वा पर्याप्त बहस नगराई यस्ता निर्णयहरू हुँदै जाने हो भने, लोकतन्त्रको मूल मर्ममाथि नै चोट पुग्ने निश्चित छ।
जनताले सरकारसँग केवल “डिजिटल” शब्द होइन, रोजगारी, उत्पादन, आय वृद्धि, सेवा सुधार र आर्थिक राहत चाहेका छन्। तर सरकार भने नारामा आधुनिक र व्यवहारमा ऋणमुखी देखिन थालेको आरोप छ।

राजनीतिक वृत्तमा अब प्रश्न उठ्न थालेको छ— बालेन सरकार विकास गरिरहेको हो, कि विदेशी ऋणको भरमा देशलाई थप परनिर्भर बनाइरहेको हो ? यदि यही शैली जारी रहने हो भने, सरकारमाथि “जनतामुखी” भन्दा “दातामुखी” भएको आरोप अझ बलियो बन्दै जाने निश्चित देखिन्छ।

समाचार अभियान April 6, 2026 २०८२, २३ चैत्र सोमबार २०:३४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
दुई तिहाइको दम्भमा सरकार? कर, महँगी,निजी मिडिया र बिपक्षीको प्रतिशोधमा ब्यस्त
अन्तर्राष्ट्रिय अपराध अर्थ समाचार खेल समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी

April 4, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?