By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : करैयामाई–३ र ४ मा नेकपाको सम्पर्क कार्यालय उद्घाटन, घरदैलो अभियान तीव्र
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

करैयामाई–३ र ४ मा नेकपाको सम्पर्क कार्यालय उद्घाटन, घरदैलो अभियान तीव्र

समाचार अभियान
समाचार अभियान २०८२, ५ फाल्गुन मंगलवार १९:१२ पाठक संख्या 715
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा, फागुन ५ । बाराको करैयामाई गाउँपालिका वडा नं–३ र वडा नं–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। मंगलबार आयोजित कार्यक्रमबीच नेकपा बारा क्षेत्र नं–२ का उम्मेदवार रामेश यादवले दुवै वडामा कार्यालय उद्घाटन गर्दै चुनावी अभियानलाई थप सक्रिय बनाइएको जानकारी दिनु भएको हो ।

उद्घाटन कार्यक्रमका क्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा यादवले बोल्दै उम्मेदवार यादवले जनतासँग प्रत्यक्ष संवाद, घरदैलो भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकतामा राखेर अभियान अघि बढाइएको बताए। उनले स्थानीय तहको विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा कृषिलाई केन्द्रमा राखेर आफू चुनावी मैदानमा उत्रिएको बताउनु भयो

नेकपाले दुवै वडामा स्थापना गरेको सम्पर्क कार्यालयले चुनावी रणनीति समन्वय, कार्यकर्ता परिचालन तथा मतदातासँग नियमित सम्पर्क विस्तार गर्ने उद्देश्य राखेको जनाइएको छ। पार्टीका स्थानीय नेताहरूले कार्यालय स्थापना भएसँगै संगठन सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

यसैबीच, करैयामाई गाउँपालिकाका विभिन्न टोल तथा बस्तीमा पार्टी प्रवेश बैठक तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिइएको छ। उम्मेदवार यादवसहितको टोलीले मतदाताको घरदैलोमा पुगेर आगामी निर्वाचनमा समर्थन माग्दै पार्टीको प्रतिबद्धता सार्वजनिक गरिरहेको छ। कार्यक्रममा विभिन्न दल परित्याग गरी केही स्थानीय नेताहरू नेकपामा प्रवेश गरेको दाबी पनि गरिएको छ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले स्थानीय विकासका अधुरा योजना सम्पन्न गर्न सक्षम नेतृत्व आवश्यक रहेको धारणा राखे। उनीहरूले संगठन विस्तारसँगै जनसमर्थन बढ्दै गएको दाबी गरेका छन्।

आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपाले क्षेत्र नं–२ अन्तर्गतका अन्य वडाहरूमा पनि सम्पर्क कार्यालय स्थापना तथा चुनावी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। चुनावी माहोल तातिँदै जाँदा करैयामाई क्षेत्रमा दलहरूको गतिविधि पनि दिनप्रतिदिन सक्रिय बन्दै गएको देखिन्छ।

समाचार अभियान February 17, 2026 २०८२, ५ फाल्गुन मंगलवार १९:१२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?