By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : आजपाको समानुपातिक बन्दसूचीमा जेनजीदेखि सहकारी–लघुवित्त पीडितसम्म, एलिजा गौतम शीर्ष स्थानमा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

आजपाको समानुपातिक बन्दसूचीमा जेनजीदेखि सहकारी–लघुवित्त पीडितसम्म, एलिजा गौतम शीर्ष स्थानमा

समाचार अभियान
समाचार अभियान २०८२, १५ पुष मंगलवार १९:५६ पाठक संख्या 186
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौं ।पुस १५ ।  २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आम जनता पार्टी (आजपा) ले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। विविध समुदाय, आन्दोलन र पेशागत पृष्ठभूमिका व्यक्तिलाई समेट्दै आजपाले युवापुस्तादेखि पीडित समूहसम्मलाई उम्मेदवार बनाएको जनाएको छ।
आजपाले बुझाएको बन्दसूचीमा चर्चित मोडेल, मिडिया उद्यमी तथा समाजसेवी एलिजा गौतम खस–आर्य समूहअन्तर्गत महिलातर्फ पहिलो नम्बरमा परेकी छन्। पार्टीका अनुसार सामाजिक अभियान, सञ्चार र उद्यमशीलतामा सक्रिय व्यक्तिलाई राजनीतिक प्रतिनिधित्व दिनु नै बन्दसूचीको मूल उद्देश्य हो।
जेनजी आन्दोलनसँग सम्बन्धित व्यक्तिहरूलाई पनि प्राथमिकताका साथ समावेश गरिएको छ। जेनजी शहिद श्रेयम चौलागाईका पिता गणेश चौलागाई, जेनजी घाइते सञ्जिव सापकोटा, जेनजी प्रतिनिधित्व गर्दै प्रतिमा थापामगर र मन्दिपकुमार लालसहित दर्जनौँ युवाहरू बन्दसूचीमा समेटिएका छन्। आजपा सचिवालय सदस्य सुभाष साहका अनुसार युवाको आवाज संसदमा पुर्‍याउने लक्ष्यका साथ यस्तो संरचना बनाइएको हो।
सहकारी तथा लघुवित्त पीडित समूहबाट पनि उल्लेख्य सहभागिता रहेको छ। लघुवित्त पीडित संघर्ष समितिबाट मनिराम ज्ञवाली, कृष्णबहादुर तामाङ, निमा शेर्पा र बिनु यादव उम्मेदवार बनेका छन् भने सहकारी पीडित संघर्ष समितिबाट देवकुमार श्रेष्ठ र रिता भट्टराई सूचीमा परेका छन्। यससँगै लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलान तथा दृष्टिविहीन अधिवक्ता रोशनी अधिकारीलाई पनि समानुपातिक उम्मेदवार बनाइएको छ।

मुस्लिम समुदायको प्रतिनिधित्वका लागि लालबाबु मंसुरी, आसमहम्द मियाँ, रहेना खातुन, अम्बिका देवान (फकिर) र फरहत बाउनलाई बन्दसूचीमा राखिएको छ। पार्टीले समावेशी प्रतिनिधित्वलाई व्यवहारमै उतार्ने दाबी गरेको छ।

आजपा, जनादेश पार्टी, जेनजी आन्दोलनकारी समूह, सहकारी तथा लघुवित्त पीडित संघर्ष समिति लगायतले आजपाको मोबाइल चुनाव चिन्हमार्फत संयुक्त रूपमा निर्वाचनमा भाग लिने निर्णय गरेका छन्। आजपाले समानुपातिकतर्फ १ सय १० जनाको नामावली निर्वाचन आयोगमा बुझाइसकेको जनाएको छ।
पार्टीले आन्दोलन, पीडा र आवाजलाई संस्थागत राजनीतिको केन्द्रमा ल्याउने प्रयासस्वरूप बन्दसूची तयार गरिएको बताउँदै आगामी निर्वाचनमा वैकल्पिक राजनीतिको सन्देश दिने दाबी गरेको छ।

समाचार अभियान December 30, 2025 २०८२, १५ पुष मंगलवार १९:५६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?