By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : प्रसौनी–इटियाही–विश्रामपुर जोड्ने ५ किमी सडक पूर्ब मुख्यमन्त्री सोनल द्वारा शिलान्यास
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

प्रसौनी–इटियाही–विश्रामपुर जोड्ने ५ किमी सडक पूर्ब मुख्यमन्त्री सोनल द्वारा शिलान्यास

समाचार अभियान
समाचार अभियान २०८२, १ पुष मंगलवार ०९:४२ पाठक संख्या 71
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा पुस १। मधेस प्रदेश सरकारका पूर्व मुख्यमन्त्री माननीय जितेन्द्र सोनलले प्रसौनी बजारदेखि नकटुवा नहर हुँदै इटियाही–विश्रामपुर गाउँपालिका कार्यालय (मुसहर्वा–बलिरामपुर) जोड्ने करिब ५ किलोमिटर सडक निर्माण कार्यको शिलान्यास गरेका छन्।

सोमबार आयोजित शिलान्यास कार्यक्रममा पूर्व मुख्यमन्त्री सोनलले लामो समयदेखि स्थानीयवासीले भोग्दै आएको आवागमनको समस्यालाई समाधान गर्न यो सडक महत्वपूर्ण हुने बताए। उनले ग्रामीण क्षेत्रको विकास बिना समग्र प्रदेशको विकास सम्भव नहुने उल्लेख गर्दै आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए।

सोनलका अनुसार सडक निर्माण भएपछि प्रसौनी, मुसहर्वा, बलिरामपुर तथा आसपासका बस्तीका बासिन्दालाई बजार, स्वास्थ्य सेवा, शिक्षा र स्थानीय सरकारको कार्यालयसम्म पुग्न सहज हुनेछ। वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यस क्षेत्रको सडक अवस्था सुधार भई यातायात सुरक्षित र सहज बन्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। इटियाही–विश्रामपुर गाउँपालिकाका जनप्रतिनिधिहरूले सडक निर्माणले स्थानीय आर्थिक गतिविधि बढ्ने, कृषि उपज बजारसम्म छिटो पुग्ने र विकासका नयाँ सम्भावना खुल्ने बताएका छन्।

स्थानीयवासीहरूले पटक–पटकको मागपछि सडक निर्माणको काम सुरु हुन लागेकोमा खुशी व्यक्त गरेका छन्। उनीहरूका अनुसार सडक बनेपछि आपतकालीन सेवामा समेत सहजता आउनेछ।

सम्बन्धित निकायका अनुसार तोकिएको मापदण्ड अनुसार गुणस्तरीय निर्माण गरी निर्धारित समयमै सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ। सडक निर्माण पूरा भएपछि प्रसौनीदेखि इटियाही–विश्रामपुरसम्मको यात्रा समय घट्ने र समग्र क्षेत्रमा विकासको गति तीव्र हुने अपेक्षा गरिएको छ।

 

समाचार अभियान December 16, 2025 २०८२, १ पुष मंगलवार ०९:४२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?