By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ गायिका रीता केसीलाई
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ गायिका रीता केसीलाई

समाचार अभियान
समाचार अभियान २०८२, २४ मंसिर मंगलवार १७:३७ पाठक संख्या 69
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौँ । मंसिर २३ ।चर्चित गायिका रीता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छन्। राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यस प्रतिष्ठित सम्मानसँगै उनले ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी हुन्। कोषका सदस्य–सचिव डा. विष्णुबहादुर भण्डारीले मूल्यांकन समितिको अध्यक्षता वरिष्ठ संगीतकार प्रा. डा. दीपक जंगमले गरेको जानकारी दिंदै समितिले एकमतका साथ गायिका केसीलाई सिफारिस गरेको बताए।

करीब दुई दशकदेखि नेपाली गायन क्षेत्रमा सक्रिय केसी पछिल्ला वर्षहरूमा निरन्तरता, सङ्घर्ष र उत्कृष्ट प्रस्तुतिका कारण चर्चामा रहँदै आएकी छन्। दाङ घर भई राजधानीलाई कर्मथलो बनाएकी उनी आधुनिक तथा गजल गीतका माध्यमबाट सुगम संगीत क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल मानिन्छिन्। हाल संगीत विषयमै विद्यावारिधि (PhD) गर्दै आएकी केसी अध्ययन र सिर्जनशीलता दुबै क्षेत्रमा उत्तिकै सक्रिय छिन्।

पुरस्कार प्राप्त गरेपछि गायिका केसीले यो सम्मान आफूका लागि ठूलो प्रेरणा बनेको बताइन्। “यस वर्षको छनोटमा परेकी रहेछु, धेरै खुशी छु र आफैलाई भाग्यमानी ठान्छु,” भन्दै उनले सांगीतिक यात्रालाई अझै ऊर्जा मिलेको धारणा राखिन्। उनका अनुसार पुरस्कारले कलाकारलाई सिर्जनामा निरन्तर योगदान दिन उत्साहित बनाउने उल्लेख गरेकी छन्।

पुरस्कार काठमाडौंमा आयोजित विशेष समारोहका बीच प्रदान गरिएको हो। कार्यक्रममा सांगीतिक क्षेत्रका कलाकार, विद्वान, सञ्चारकर्मी तथा अन्य व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा वक्ताहरूले गायिका केसीले नेपाली संगीतलाई दिएका योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि उनको सिर्जनात्मक यात्रा अझ समृद्ध हुने विश्वास व्यक्त गरे।

नारायणगोपाल युवा संगीत पुरस्कार नेपाली संगीत क्षेत्रमा युवा कलाकारहरूको योगदान र क्षमताको कदर गर्दै प्रत्येक वर्ष प्रदान गरिने प्रतिष्ठित सम्मानका रूपमा स्थापित छ। यस वर्षको संस्करणमा गायिका रीता केसी सम्मानित भएपछि संगीतकर्मी तथा शुभेच्छुकहरूबाट शुभकामनाको ओइरो परेको छ।

समाचार अभियान December 9, 2025 २०८२, २४ मंसिर मंगलवार १७:३७
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन
अर्थ समाचार समाचार समाज हेडलाईन
बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मूल्यवृद्धिको मारः जनजीवन कष्टकर बन्दै
लेख / विचार
१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेशको गृह,मन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई २० थान सेलिङ्ग पंखा हस्तान्तरण
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,

April 20, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै

April 20, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?