By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेस सरकारले स्नातक बेरोजगारलाई मासिक भत्ता, बाढी–खडेरी पीडित किसानलाई राहत
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

मधेस सरकारले स्नातक बेरोजगारलाई मासिक भत्ता, बाढी–खडेरी पीडित किसानलाई राहत

समाचार अभियान
समाचार अभियान २०८२, ११ मंसिर बुधबार २१:१२ पाठक संख्या 149
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम ।मंसिर १०। मधेस प्रदेश सरकारले स्नातक उत्तीर्ण बेरोजगार युवालाई मासिक भत्ता दिने र खडेरी–डुबानबाट प्रभावित किसानलाई राहत वितरण गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले पहिलो मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै दुवै योजनाले सामाजिक सुरक्षामा उल्लेख्य योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको हो।

मुख्यमन्त्री यादवका अनुसार प्रदेशभरका १८ देखि ३५ वर्ष उमेरका स्नातक उत्तीर्ण तर कुनै रोजगारीमा आबद्ध नभएका युवालाई मासिक दुई हजार रुपैयाँका दरले बेरोजगार भत्ता उपलब्ध गराइनेछ। प्रदेशमा हाल करिब एक लाख ५० हजार स्नातक बेरोजगार युवा रहेको तथ्यांक उद्धृत गर्दै उहाँले उनीहरूलाई न्यूनतम जीवन निर्वाहमा सहयोग पुर्‍याउने उद्देश्यले भत्ता कार्यक्रम अघि सारिएको बताउनुभयो। यस योजनामा वार्षिक करिब ३५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

त्यस्तै, सरकारले लामो खडेरी र त्यसपछि आएको अविरल वर्षाका कारण धानबालीमा क्षति व्यहोर्न बाध्य बनेका कृषि क्षेत्रका किसानका लागि राहत प्याकेज ल्याएको छ। मन्त्रिपरिषद् बैठकले प्रभावित किसानलाई प्रतिकट्ठा १ हजार ५०० रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। यसका लागि करिब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिनेमुख्यमन्त्री यादवले जानकारी दिनुभयो।

यस वर्ष मनसुन अवधिभर मधेसका अधिकांश जिल्लामा लगातार खडेरी परेको थियो। खडेरीबाट उब्जनीमा ठूलो क्षति भएको समयमा असोजमा परेको अविरल वर्षाले बस्ती र खेती दुबै क्षेत्रमा डुबानको समस्या थपिदिएको थियो। यी नै कारण प्रदेश सरकारले मधेसका आठ जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

मुख्यमन्त्री यादवले सरकारले किसान र बेरोजगार युवालाई राहत तथा सहयोग उपलब्ध गराएर तत्कालीन परिस्थितिलाई सहज बनाउने प्रयास गरिरहेको बताउनुभयो। उहाँका अनुसार सरकारले ल्याएका यी दुई कार्यक्रम आगामी आर्थिक वर्षमा पनि सुधार र विस्तार गर्दै लैजाने तयारी रहेको छ।

 

समाचार अभियान November 26, 2025 २०८२, ११ मंसिर बुधबार २१:१२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?